भेरी करिडाेरमा पर्ने डाेल्पाकाे ल्यासिक्याप देखि सिस्याेल सडक खण्डकाे ट्याक खाेल्नका लागि सेना पठाउँन सरकार तयार छःरक्षा मन्त्री खड्का
डाेल्पा,कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी करिडाेरमा पर्ने डाेल्पाकाे ल्यासिक्याप देखि सिस्याेल सडक खण्डकाे ट्याक खाेल्नका लागि सेना पठाउँन सरकार तयार रहेकाे बताएका छन्। मन्त्री खड्काले भेरी करिडाेरकाे पूर्णता सरकारकाे प्राथमिकतामा रहेकाे बताउँदै जनप्रतिनिधि र जनताकाे माग अनुसार ल्यासिक्याप देखि सिस्याेल सडक खण्डलाइ पूर्णता दिनका लागि सेनाबाट मात्रै सम्भव रहेकाेले सेना पठाउन तयारीमा जुट्ने जानकारी दिए। भाैँतिक पूर्वाधार मन्त्रालयकाे पत्र अनुसार अव सेना पठाउने पक्रिया अगाडी बढ्ने मन्त्री खड्काकाे भनाइ थियाे।
पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका सांसद धनवहादुर बुढा लगाएतकाे टाेलिले कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष भेरी करिडाेरकाे बाँकी सडक खण्ड ल्यासिक्याप देखि सिस्याेल सम्मकाे सडक निर्माणकाे जिम्मा सेनालाइ दिएर पठाइदिन माग गरेका थिए।

यसअघि जिल्लाका प्रतिनिधिसभा सदस्य समेत रहेका बुढाले नेपाल सरकारका भाैंतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाइ ज्ञापन पत्र बुझाउँदै भेरी करिडाेरकाे बाँकी काम नेपाली सेनालाइ दिन माग समेत गरेका थिए । पत्रमा सांसद बुढा सहित,प्रदेश मन्त्री उर्मीला विश्वकर्मा,सांसद विरवहादुर शाही,सांसद शेरवहादुर बुढा,कांग्रेस केन्द्रीय सदस्य कर्ण बुढा,जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकाया लगाएत गाउँपालिका अध्यक्षहरू र सबै राजनीतिक दलका जिल्ला नेताहरूद्वारा हस्ताक्षर समेत गरेर सरकार समक्ष माग गरेका छन्। सरकार समक्ष पेस गरिएकाे पत्रमा जाजरकाेट डाेल्पा १ सय १७ कि.मी काे नेपाली सेनाले ट्याक ओपन गरेपछि हाल भइरहेकाे स्तरउन्नतिकाे काम चाँडाे हुनुपर्ने,दुनै ल्यासिक्याप सडकखण्डकाे २० कि.मी ट्याक काम जारी रहेपनि चाँडाे सम्पन्न गर्नुपर्ने,ल्यासिक्याप देखि सिस्याेलसम्मकाे ३३ कि.मी कडा चट्टान रहेकाे सडक खन्ने काम हालसम्म पनि कुनै सुरसार नदेखिएकाेमा गम्भिर ध्यानाकर्षण भएकाे उल्लेख छ।


ट्याक खाेल्न बाँकी याे सडक खण्ड कडा हिमाली चट्टान भएकाे र ब्लास्टिङ्ग बिना सडक खन्ने काम सम्भव नदेखिएकाेले सेनालाइ जिम्मा दिनुपर्ने माग जाेडदार रूपमा उठाएकाे सांसद बुढाले जानकारी दिए । सांसद बुढाले थपे “जनताकाे माग अनुसार छिटाे र छरिताे रूपमा काम सेनाबाट मात्रै सम्भव रहेकाेले अन्य विकल्प छैन। सरकारले राष्ट्रिय सडक सञ्जालबाट बञ्चित रहेका काइके,डाेल्पाेबुद्द,शे फाेक्सुण्डाे र छार्काताङसाेङ गाउँपालिकाका जनतालाइ राष्ट्रय सडक सञ्जालमा जाेड्ने छ। हाल उपल्लाे डाेल्पाका जनतालाइ सदरमुकाम दुनैसम्म पुग्न ३ दिन हिड्नुपर्ने बाध्यता छ। त्यति मात्र नभइ उत्तरी चिन देखि दक्षिणमा भारतलाइ जाेड्ने मुलुककै छाेटाे त्रिदेशीय मार्ग भेरिकरिडाेल चाँडाे सम्पन्न गर्नु राज्यकाे दाइत्व हाे। भेरि करीडाेरले डाेल्पा,कर्णली प्रदेशलाइ मात्र नभएर राज्यले नै ठुलाे लाभ लिनसम्ने ब्यापारिक हव हुनेमा दुइमत छैन।राज्यले चाँडाे भन्दा चाँडाे ट्याक खाेल्नुपर्छ मेराे जाेडदार माग छ।” डाेल्पाली जनप्रतिनिधि र जनताकाे माग राज्यले चाँडै संवाेधन गर्ने सांसद बुढाकाे विश्वास छ।

लामाे समयकाे प्रयासपछि भेरीकरिडाेर अन्तरर्गतमै पर्ने तल्लु देखि दुनै सम्मकाे सडक खण्डमा पर्ने भेरी नदि र खाेलाहरूमा दर्जन बढि पक्की पुलकाे ठेक्का चाँडै खाेल्ने तयारी रहेकाे जानकारी दिए । दिनरात लागेर भएपनि तल्लु देखि दुनै सम्मकाे सडकखण्डकाे कालाेपत्रे गर्ने काम चाँडै शुरूवात गराउने सांसद बुढाकाे दावी छ।
यस्तै सांसद बुढाले वि.स २०७० साल भन्दा पहिले जिल्लाकाे विकास गर्नेलाइ धन्यवाद दिँदै त्यसपछि डाेल्पामा सडक,शिक्षा,स्वास्थ र पर्यटन लगाएतका क्षेत्रमा मैले पहल गरेर जिल्लाकाे मुहार फेरिदैँ गएकाे बताए। जिल्लाका जनता,राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी,पत्रकार र नागरिक समाज लगाएत सबैपक्षबाट साथकाे अपेक्षा रहेकाे भन्दै सांसद बुढाले जिल्लाकाे विकासका लागि सरकारसँग पहल गर्ने मात्र नभइ अव आपश्यक परे संदन देखि सडक तताउन पछि नहट्ने उद्घाेष गरे।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -