रुपक यात्री,काठमाडाैँ
महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु आर्थिक केहि महिनाको तथ्याङ्कलाइ आधार मान्नेहो भने ८ बलात्कारका घटना भएका छन् ।
मंसिर ७ गते आइतबार महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुनको बलात्कारपछि हत्या भयो । बालिकाको हत्या आरोपमा स्थानिय २५ वर्षीय अरुणकुमार साहलाइ प्रहरीले पक्राउ गरेको छ । त्यसो त नेपालमा हरेक वर्ष बलात्कारका घटना बढिरहेका छन् । प्रहरीको तथ्याँक अनुसार आर्थिक वर्ष
२०७२÷०७३ मा १ हजार ९३ बलात्कारका घटना भएका थिए । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ११ सय ३७, आर्थिक वर्ष २०७४÷०७५ मा १४ सय ८०, आर्थिक वर्ष २०७५÷०७६ मा २२ सय ३३ र आर्थिक वर्ष २०७६÷०७७ मा २१ सय ४४ बलात्कारका घटना भएका छन् । चालु आर्थिक वर्षको ३ महिनामै ७ सय २२ बलात्कारका घटना भएका छन् ।
माथिका तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा हरेक दिन कम्तीमा ६ ओटा बलात्कारका घटना हुने गरेकोमा चालु आर्थिक वर्षको ३ महिनामा भने त्यो संख्या बढेर दैनिक ८ बलात्कारका घटना भइरहेका छन् । पछिल्लो समय भएका अधिकांस बलात्कारका घटनामा स्थानिय,पारिवार भित्रका व्यक्ति, आफन्त र चिनेजानेकाबाटै बलात्कारका घटना बढी हुने गरेको प्रहरीले भनाइ छ ।
प्रहरीकोमा आएका घटनामध्ये अधिकांस बालिका, किशोरी र अशाह्य महिला धेरै बलात्कारको शिकार हुने गरेका छन् । २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या र पछिल्लो समय बलात्कारका घटना बढिरहेका बेला बलात्कारीलाइ फाँसीको सजाय हुनु पर्ने माग समेत उठीरहेको छ ।

















