ज्यानकाे बाजी थापेर उच्च हिमाली वस्तीमा पनि माओवादी नेताहरूकाे रुपान्तरण अभियानःउदेश्य पहिलाे पार्टी बन्ने,जनलहर पनि उस्तै
“हिमाली भेगमा पार्टीकाे अभियान मात्रै हाेइन हिमालवासीलाइ राजनीतिक चेतना दिने महा अभियान पनि हाे”
डोल्पा,डोल्पा जिल्लामा पनि नेकपा माओवादी केन्द्रको शुरू गरेको तीन महीने अभियान भव्यरुपमा चलिरहेको छ। जिल्लाको आठ ओटै पालिकामा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान चलिरहेको छ । सायदै पहिलो पटक माओवादी केन्द्रले हिमालपारीका गाउँवस्तीमा पार्टीको अभियान सञ्चालन गरिरहेकाे छ। ४ हजार मिटरमा रहेका गाउँवस्तीहरूमा अन्य पार्टीले समेत हालसम्म कुनै पनि पार्टीका अभियान सञ्चालन गर्न सकेको इतिहास छैन।
माओवादीका नेताहरूले यसपटक तल्लाे डाेल्पाका सुगम ठाउँमा मात्रै हाेइन उच्च हिमाली भेगका गाउँवस्तीमा समेत अभियान तिव्र रूपमा चलिरहेकाे छ। जिल्लाका नेताहरूले ज्यानकाे बाजी थापेर अभियान अहिले अभियानमा हाेमिएका छन्। जिल्लामा पहिलाे पार्टी बनाउने उदेश्यका साथ पार्टी रूपान्तरण अभियानमा जिल्ला ईन्चार्ज राष्ट्रिय सभा सदस्य नरबहादुर विष्ट,जिल्ला पार्टी इन्चार्ज रामलाल विश्वकर्मा,संयाेजक धर्मजित बाेहाेरा बिष्पाेट,पार्टी सचिव दत्तवहादुर शाही लगाएत प्रदेशमन्त्री उर्मिला विश्वकर्मा,प्रदेश सांसद विरवहादुर शाही सहित सबै नेता कार्यकर्ता अभियानमा जिउ ज्यान लगाएर हाेमिएका छन्।
तल्लाे डाेल्पाका गाउँगाउँमा अभियान सञ्चालन गरेर सयाैँ कार्यकर्ता भित्राएकाे माओवादीले निकै कठिक मानिएकाे उपल्लाे डाेल्पामा पर्ने छार्काताङसाेङ गाउँपालिका र डाेल्पाेबुद्द गाउँपालिकाका गाउँगाउँ अभियान जारी छ। छार्काताङसाेङमा पार्टीका जिल्ला इन्चार्ज रामलाल विश्वकर्मा आफैँ अभियानमा हाेमिएका थिए। गाउँपालिकाकाे सबै वडा र गाउँमा अभियान सञ्चालन गरेर छार्काभाेट गाउँसम्म अभियान सञ्चालन गरेका थिए । अभियानका क्रममा विरामी परेर थप उपचारका लागि सुर्खेत ल्याइएकाे छ। अभियानका क्रममा सयाैँ जनता पार्टीमा प्रवेश गरेकाे इन्चार्ज विश्वकर्माले जानकारी दिए। बैकल्पीक केन्द्रीय सदस्य क्याल्पाे थापा भाेटे सहितकाे टाेलिले गाउँ गाउँमा अभियान चलाएकाे थियाे।
यस्तै डोल्पोबुद्द गाउँपालिका पार्टीको ३ महिने अभियान प्रत्यक वडामा सञ्चालन भइरहेको इन्चार्ज धावा थापाले जानकारी दिए। जनतामा उत्साह देखिएको र पार्टीको उदेश्य बमोजिम जिल्लाको पहिलो बाटो बनाउने लक्ष्य रहेको अनुरूप अभियान सञ्चालन भइरहेको बताएका छन्। अन्यपार्टी परित्याग गरि पार्टी प्रवेश समेत गरिरहेकाको थापाले जानकारी दिए।
पार्टीलाइ आगामी चुनावमा २०६४ को विरासदमा फर्काउने जिल्लाका नेताहरूको दावी रहेको छ। पहिलो पार्टी बन्ने लक्ष्य सहित डोल्पा माओवादी ३ महिने सुदृढीकरण अभियानमा एमाले र कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको जिल्लाभर लहर नै चलेको छ। “वि.स २०६२,६३ ताकाको झल्को दिनेगरी राता झण्डा र राता मान्छेहरू गाउँगाउँमा गएर अभियान सञ्चालन गरिरहेका छन्। पार्टीका भातृ संगठन वाइसियल,अनेरास्ववियु क्रान्तिकारी र प्रेस सेन्टरले समेत आफ्नाे तर्फबाट अभियान चलाइरहेकाे छ।