spot_img

ओलीको निर्देशन लत्याउँदै एमाले नेताहरु

spot_img

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् ।अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए ।लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।

शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको सो सन्देशचाहिँ खासमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्नका लागि थियो ।

लुम्बिनीको गुटगत प्रभाव बाग्मतीमा समेत देखिएको छ । सोमबार काठमाडौंमा उद्घाटन भई बिहीबार मतदानबाटै प्रदेशको नेतृत्व चयन गरिँदै छ । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव बाग्मतीमा मात्रै नभई कर्णालीसम्म पुगेको छ । र, अन्य प्रदेशमा हुने प्रदेश अधिवेशनमा समेत स्पष्ट रूपमा पौडेल र पोखरेलका बिचमा शक्ति संघर्ष देखिनेछ ।

बाग्मतीमा प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । लुम्बिनीजस्तै बाग्मतीमा पनि उनले सर्वसम्मत गर्न नसके स्वच्छ, प्यानल नबनाई प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिए । तर, घोषित रूपमा प्यानल नबने पनि बाग्मतीमा पनि पौडेल र पोखरेल गुट बनेको छ । पौडेल र पोखरेलले आफूनिकटका नेतालाई विजयी बनाउन लागिपरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img