spot_img

आन्दोलित चिकित्सकहरुले पासपोर्टका लागि आवेदन दिनेःसरकार भन्छ आन्दोलित फिर्ता लिनुस्

spot_img

काठमाडौँ, विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले आज सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा भएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोड विरुद्ध सडक आन्दोलनमा उत्रिएको पाँच दिन बित्दा पनि सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सबै आवासीय डाक्टरहरूले पासपोर्टका लागि आवेदन भर्न लागेको वीर अस्पतालका आवासीय संघका अध्यक्ष डा शेष घिमिरले बताए ।

‘चिकित्सकहरू माथि पटकपटक कुटपिट तथा दुर्व्यवहार हुँदा सरकारले घटनामा संलग्नलाई कानुन अनुसार सजाय दिन नखोज्ने, दिनरात बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई न्याय नदिनु भनेको काम गर्ने वातावरण सिर्जना नगरी पलायनका लागि प्रोत्साहन गरिएकाले दबाब स्वरुप हामीले पासपोर्ट बनाउन लागेका हौँ,’ उनले भने ।

शुक्रबार एक हजारभन्दा धेरै चिकित्सकले पासपोर्ट बनाउनका लागि आवेदन दिने उनको भनाइ छ । आफ्ना माग पूरा नभएसम्म देशका आवासीय चिकित्सकहरू निरन्तर आन्दोलनमा उत्रिने डा. घिमिरेले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img