spot_img

एमालेको बागमती प्रदेशको नेतृत्व चुन्न मतदान जारीःतीन घण्टामा पाँच सय मतदान

spot_img

काठमाडौँ, नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि पार्टी कार्यालय च्यासलमा भइरहेको मतदान सुस्त भएको छ । बेलाबेलामा विद्युतीय मेसिनले काम नगार्दा ढिला भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार शुक्रबार अपराह्न साढे चार बजेसम्म पाँच सय जनाले

मतदान गरेका छन् । एक जनालाई मत हाल्न कम्तिमा १० मिनेट लागेको बताइएको छ । मतदान दिउँसो साढे १ बजेबाट सुरु भएको थियो । ११ सय ६७ जना मतदाताले मतदान गर्दैछन् । ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरिएको छ । अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।

मेसिनमा डिस्टर्व नभए सात बजेभित्र मतदान सकिने प्रमुख मैनालीले बताए । सात बजेभित्र मतदान सम्पन्न भएमा त्यसको दुई घण्टापछि नतिजा सार्वजनिक हुने मैनालीको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img