काठमाडौं,अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले पक्राउ गरेको हो।कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
जाहेरीकर्ता सुप्रिया कटवाल थापाले केसीले रामायण नामक फिल्म खेल्नका लागि एक करोडभन्दा बढी पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौं,’एसएसपी राठौरेले भने,‘पटक–पटक बोलाउँदा पनि केसी आउनुभएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनुभयो।’
केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको राठौरले जानकारी दिए।