spot_img

आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने माओवादीकाे घाेषणा

spot_img

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको जनाएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरि तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका हुन्।

उनले समानुपातिकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा मत बढाउने विश्वास पैदा भएको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धति लगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए । माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे ।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img