spot_img

राजसंस्था समर्थककाे आन्दोलनःप्रधानमन्त्रीको गृह जिल्लामा समेत शक्ति प्रदर्शन

spot_img

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग गर्दै आन्दोलन शुरु गरेको छ । राप्रपाले झापाबाट आज आन्दोलनको शुरुवात भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै हजारौंको संख्यामा जुलुस निस्किएको छ । राष्ट्रिय झण्डासहित मोटरसाइकलमा हजारौंले प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा गणतन्त्रविरुद्धको नाराजाबाजीसहित राजावादीले बृहत जुलुस र त्यसपछि सभा आयोजना गरेका छन् ।

राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा झापाको प्रमुख सहर बिर्तामोडमा मोटरसाइकल जुलुस निकालिएको हो । राप्रपाले शनिबार देशभर प्रदर्शन गर्ने घोषणा गरेको थियो । जुलुसमा सहभागीले ‘गणतन्त्र धोका हो’ ‘राजसंस्था जिन्दावाद’, र ‘हिन्दुराष्ट्र पुनस्र्थापना गर’, ‘संघीयता खारेज गर’ जस्ता नारा लगाएका थिए । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र कोरोना व्यवस्थापनको नाममा अनियमितता भएको र सरकार असक्षम भएको भन्दै राप्रपाले झापामा पनि प्रदर्शन गरेको जनाएको छ । झापाका विभिन्न पालिकाहरुबाट आएका मोटरसाइकल र्याली नेपाल–भारतको सीमावर्ती सहर काँकडभिट्टामा भेला भइ एकसाथ बिर्तामोडतर्फ अघि बढेको थियो । त्यहाँ विरोध सभा आयोजना गरिएको थियो ।

सभामा बोल्दै संघीय सांसद तथा राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि अपरिहार्य भएको बताउँदै भने,“सरकारको विषयमा हामीले केही भन्नै परेको छैन जनता नै जानकार छन् । अब यो पूर्णत असफल भइसकेको छ ।” उनले हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको दाबी गरे ।

“नेपालजस्तो सानो र गरिब मुलुकले संघीयता धान्न सक्दैन,” लिङ्देनले प्रश्न गर्दै भने,“गणतन्त्र, धर्म निरपेक्षता साधन मात्र हो । देशले त पायो तर नागरिकले के पाए ?” उनले राप्रपा सबै किसिमको आन्दोलनको नेतृत्व गर्न तयार रहेको सुनाए । उनले दुई तिहाइ मत लिएर गएको पाटी अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्रष्टाचारी र हत्याराको आरोप लगाएर बसेको आरोप लगाउँदै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता झुटको खेती मात्र भएको आरोप लगाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img