हुम्ला, हुम्लामा बिहीबार नेपालमै पहिलाे पटक अन्तर्राष्ट्रिय कोदो दिवस मनाइएकाे छ । दिवसका अवसरमा कर्णाली प्रदेश कृषिमन्त्री भिम प्रकाश शर्मा,उर्जा जलस्रोत तथा सिंचाई मन्त्री उर्मीला विश्वकर्मा लगाएतका अतिथि हुम्ला आइपुगेका थिए। कार्यक्रममा बाेल्दै मन्त्री विश्वकर्माले कर्णाली कोदो,काहुनो,चिनो र मार्सी लगाएतका खाद्यान्नकाे खानी भएकाे बताउँनु भयाे। कर्णालीकाे उत्पादन बढाए निर्यात गरेर पनि जनताकाे जिवनस्तर उकास्न सकिने मन्त्री विश्वकर्माकाे भनाइ छ।
यस्तै कृषीमन्त्री शर्माले रैथाने बाली उत्पादन र निर्यातमा सरकारले सकेकाे सहयाेग गर्ने अाश्वासन दिए। फलफुल र रैथाने बाली उत्पादनमा सरकारकाे विशेष ध्यान केन्द्रीत भएकाे मन्त्री शर्माकाे दावी छ।
अन्तर्राष्ट्रिय कोदो दिवसमा नेपालले पहिलो पटक मनाउन लागेको हो । सोही अनुसार हुम्लामा समेत पहिलो पटक कोदो दिवस मनाइँदैछ । कर्णालीका जिल्लामा धेरै उत्पादन हुने प्राङ्गरिक खाद्यतत्व उत्पादन हुने भएकाले पनि कोदो मात्र नभएर अन्य बालिको पनि प्रचार–प्रसार हुने भएकाले पहिलो पटक कोदो दिवस मनाउन लागिएको हो ।
कोदो दिवसमा जिल्लामा उत्पादन कोदो,काहुनो, चिनो, लट्टे जस्ता खाद्य तत्वहरुको प्रदर्शन गरिनेछ । दिवसमा कोदोका परिकार बनाएर सहभागीहरुलाई खुवाउने र कोदोबाट परिकार बनाएर जिल्ला बासिहरुलाई परिकारको बारेमा जानकारी गराउने सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए । अध्यक्ष भण्डारीले परिकार पनि हुने, जिल्लामा उत्पादन भएको खाद्यान्न जिल्ला बाहिर निर्यात भएपछि आर्थिकमा टेवा पुग्ने उदेश्यले अन्तर्राष्ट्रिय कोदो दिवस मनाइन लागिएको अध्यक्ष भण्डारीले बताए ।
कोदो दिवसमा उत्कृष्ट हुम्लाका तीन जना किसानलाई पनि पुरस्कार गरिएकाे थियाे । दिवसमा मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरे, क्षेत्रिय कृषि विकास निर्देशक चित्र बहादुर रोकाय, महाशाखा प्रमुख धन बहादुर कटायत लगायतको टोली कार्यक्रममा सहभागि थिए ।


















