spot_img

सुन तस्करी प्रकरणः २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

spot_img

काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आज शुक्रवार अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । यस प्रकरणमा सरकारी वकिल कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा तीन जना फरार छन् ।

गएको साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ’ब्रेक शु’ बरामद गरेको थियो । त्यो ’ब्रेक शु’ भित्र झन्डै ६१ किलो सुन बरामद भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img