spot_img

सरकार ढाल्ने कांग्रेसकाे शेखर समुह र ओली भित्रि खेल शुरूःकोशी प्रदेशबाट चलखेलको तयारी

spot_img

काठमाडौँ, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने कसरतमा तल्लीन छ ।इतर समूहका प्रमुख नेता डा. शेखर कोइराला करिब दुई महिना यता प्रचण्ड सरकारमाथि आक्रामक सुनिन्छन् । त्यसलाई महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलको अभिव्यक्तिले थप बल पुर्याएको देखिन्छ ।

सरकारको डेलिभरी, मुलुकका फैलिएको अराजकता लगायतका विषयलाई मुद्दा बनाएर गठबन्धनको प्रमुख घटक कांग्रेसको इतर पक्ष सरकारको विकल्पको खोजीमा छ । सरकार तत्काल नसच्चिए कांग्रेसले साथ छाड्नुपर्ने नेता कोइराला तर्क छ । वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जाने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डसामु अब दुई वटा विकल्पमात्रै रहेको उनको भनाइ थियो ।

‘अब अति भयो । जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक अवस्था कमजोर हुँदै जान्छ । कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो । यो सरकार जान्छ । कसैले रोकेर रोकिँदैन,’ उनको सार्वजनिक अभिव्यक्ति छ । कोइरालाले कसको ‘ब्याक सपोर्ट’मा कांग्रेस सम्मिलित सरकारमाथि धावा बोलिरहेका छन् भन्ने राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । प्रचण्डको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई खडा गर्न कोइरालाले उक्त अभिव्यक्ति नदिएको बुझ्न गाह्रो छैन ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रचण्ड विकल्पमा देउवा नभएर स्वयं कोइराला नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । ‘माओवादीसँगको गठबन्धनमा होस् वा एमालेसँगको, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ, यही सरकारको निरन्तरता रह्यो भने भ्रष्टाचार, सामाजिक सद्भाव र जनजीविकाका सवालमा अझै धेरै ठूलो निराशा देखिनेछ भनेरै शेखर दाइले सरकार परिवर्तनको कुरा उठाउनुभएको हो,’ पोखरेलले भने ।

खाण फकाएर देउवाविरुद्ध उभिने प्रयास

नयाँ सरकार निर्माणको परिस्थिति बन्दा कोइराला संसदीय दलमा देउवासँग प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । अहिले संसदीय दलमा देउवाको ६० प्रतिशत भए पनि त्यसलाई बदल्न आफूले प्रयास गरिरहेको कोइराला बताउँछन् । आफू संसदीय दलको नेता भएपछि एमालेसँग मिलेर सरकार बन्ने सम्भावनालाई उनी नकार्दैनन् । त्यसका लागि कांग्रेसभित्र कोइराला अंकगणितको हिसाब–किताबमा देखिन्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका देउवा समूहका प्रभावशाली नेता बालकृष्ण खाणमाथि उनको नजर छ । गत साउन ३१ मा खाणलाई भेट्न सुन्धारा पुगेका उनी असोज ६ मा फेरि पुगे । सभापति देउवा र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग असन्तुष्ट देखिएका खाणको मन जित्न कोइराला दुई पटक सुन्धारा कारागार पुगेको लुकेको छैन ।

खाणका अनुसार भेटमा शेखर कोइरालाले ‘तपाई निर्दोष हुनुहुन्छ । यो मैले बल्ल बुझ्दै छु । तपाईंलाई न्याय दिलाउन मेरो प्रयास रहन्छ’ भन्छन् । कांग्रेस केन्द्रीय समिति, संसदीय दल, जिल्ला सभापति र भ्रातृ संस्थामा राम्रो पकड भएका पूर्वगृहमन्त्री खाणलाई विश्वासमा लिन सके देउवासँगको प्रतिस्पर्धा सहज हुने कोइरालाको बुझाइ छ ।

कोइरालालाई ओलीको आड

कांग्रेस नेता कोइराला र एमाले अध्यक्ष केपी ओलीबिच विगतदेखि नै राम्रो हिमचिम छ । देउवाले माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपासँग चुनावी तालमेलका नाममा आफूलाई पेलेको शेखर–गगनको गुनासो थियो ।

तत्कालीन गठबन्धनसँग झस्किएका ओलीले शेखर–गगनलाई गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा आधा–आधा सिटमा तालमेलको प्रस्ताव राखेका थिए । टिकट वितरणमा ४० प्रतिशत हिस्सा नदिए ओलीको प्रस्तावका लागि तयार हुनुपर्ने महामन्त्री थापाको मत थियो । तर, अन्तिममा कोइरालाले पार्टी विभाजनको बाटोमा जाने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेको उनी निकट एक नेता बताउँछन् ।

ती नेताका अनुसार पार्टीमा विभाजनको रेखा नकोरिने गरी कोइराला एमालेसँग समीकरणको प्रयासमा देखिन्छन् । यता ओलीले देउवालाई पुनः प्रधानमन्त्री बनाउने विषयमा एमाले सकारात्मक नरहेको पछिल्लो अन्तर्वातामा बताएका छन् । ‘केही व्यक्तिबाट हामीले काफी अनुभव हासिल गरेका हुनाले त्यस्ता व्यक्ति (शेरबहादुर देउवा) हरुको सन्दर्भमा हामी सकारात्मक हुन सक्दैनौं,’ उनी भन्छन्, ‘प्रतिनिधिसभा सदस्यको जो सुकैले पनि प्रधानमन्त्री बन्न पाउँछ भन्दैमा हामीले समर्थन गर्छौैँ भन्ने होइन । विगतका अनुभव र भविष्यका प्रतिवद्धताले हामीलाई निर्देशित गर्छ ।’

देउवाले सत्ता सहकार्यका लागि सम्वादै गर्न नचाहेपछि ओली कोइराला समूहमार्फत कांग्रेसभित्र खेल्न खोजेको देखिन्छ । देउवाले विगत दुई वर्षदेखि आफूसँग संवाद गर्न नचाहँदा कांग्रेससँग सहकार्यको परिस्थिति सिर्जना नभएको ओली बताउँछन् ।

‘शेबहादुरजी प्रचण्डबाट त्रसित हुनुहुन्छ अथवा प्रचण्डप्रति भक्तिभाव हो कि समर्थन भाव हो मलाई केही थाहा छैन । उहाँ मसँग भेट्न डराउनुहुन्छ । कुरा गर्न पनि तयार हुनुहुन्न,’ उनी भन्छन्, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मतमा अहिलेसम्म शेबरहादुरजी देखिनुहुन्न । शेबहादुरजीसँग मेरो दुई वर्ष यता कुनै प्रकारको संवाद छैन । हुलमालमा भेट हुनु बेग्लै हो । अरु थुप्रै नेताहरुको मत भए पनि कांग्रेसको आधिकारिक धारणा एमाले सिध्याउने छ ।’राताेपार्टीमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img