spot_img

दुबै पद नछाड्ने ओलीकाे अडानःबैठकमा उपस्थित नहुने चेतावनी

spot_img

काठमाडौं,प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिएका छन् । सचिवालयका सबै, ९ जनै नेताहरुको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो । आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका छन् । प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गरेर प्रचण्डले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्तावहरुका साथै ओली र प्रचण्डले लेखेका चिठीपत्रहरुसमेत अध्ययनका लागि वितरण गरिने सचिवालयका एक नेताले बताए ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरुको अनुमान थियो । तर, बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बने । तर, बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहो¥याए ।

प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताए । तथापि सचिवालय बैठकमा अध्यक्ष ओलीले नोट ‘अफ डिसेन्ट’ लेख्ने कुरा गरेनन् र सर्वसम्मत निर्णयकै रुपमा आइतबार १ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको एक नेताले जानकारी दिए । अब ओलीको रुची नभए पनि स्थायी कमिटीमा दुबै प्रस्तावहरु छलफलमा जाने निश्चित भएको ती नेताले अनलाइनखबरलाई बताए ।

शनिबार बसेको बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाऔं र त्यसपछि केही समय लिएर त्यसमा गृहकार्य गरौं भन्ने प्रस्ताव राखे ।

प्रचण्ड बोलेपछि झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाए । अनलाइनखवरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img