spot_img

संसदमा सांसदहरूकाे गर्जनःधर्मकाे राजनीति नगर्न र संघीयता हुकुम बक्सिसबाट आएको होइन

spot_img

काठमाडौँ — जनता समाजवादीका प्रमुख सचेतक प्रदीप यादवले प्रदेश संरचनाविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । विभिन्न प्रदेशहरूमा संघीयता खारेजीको माग गर्दै जुलुस खडा गरेर षडयन्त्र भइरहेको तर संघीयता कसैको आशिर्वादमा नआएकोले यसलाई जोगाउने उनले बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले प्रदेश संरचनालाई बलियो बनाउनका लागि संविधानले तय गरेका अधिकार दिनुपर्ने बताए । प्रहरी प्रशासन प्रदेशमा लैजानुपर्ने उनको माग थियो । ’अहिले धेरै प्रदेशहरूमा केही तत्वहरूको ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको छ । संघीयता यसरी आएको होइन, कसैको आशिर्वाद, हुकुम बक्सिसमा आएको होइन । संघीयता नेपाली जनताको बलिदानीले आएको छ । नेपाली जनताको खुन पसिनाले आएको छ,’ उनले भने, ’संघीयतालाई मजबुत बनाउनका निमित्त सरकारको काम हो ।’

सबै शक्ति केन्द्रमा राखेर संघीयता बलियो नबन्ने सांसद यादवको भनाइ थियो । प्रदेश संरचनालाई बदनाम हुनबाट जोगाउन संविधान कार्यान्वयन हुनुपर्ने उनको माग थियो । ’सकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ ? प्रदेश त बदनाम भइहाल्छ !,’ उनले भने, ’अघिल्लो सरकारले पनि त्यै काम ग¥यो, अहिलेको वर्तमान सरकार पनि त्यै बाटोमा गइरहेको छ ।’

सरकारले तत्काल प्रदेशमा प्रहरीको अधिकार दिने काम गर्नुपर्ने बताए । उनलषे संघमा प्रहरी प्रशासन राखेर संघीयता मजबुत नहुने बताए । संघीयता मजबुत गराउनुछ भने प्रदेशमा प्रहरी प्रशासन पठाउनुपर्ने उनको माग थियो ।

धर्मको नाममा केहीले राजनीति गरिरहेका छन् ः खतिवडा
कांग्रेस सांसद तथा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केही व्यक्ति तथा पार्टीले धर्मका नाममा राजनीति गरेर धार्मिक सद्भाव खल्बल्याउने काम भएको बताएका छन् । उनले त्यसरी धार्मिक सद्भाव खल्बल्याउने काम बन्द गर्न आग्रह गरेका छन् ।

धर्मको नाममा केहीले राजनीति गरिरहेका छन् ः खतिवडा

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले कोशी प्रदेश, सर्लाही र नेपालगन्जमा धार्मिक सद्भाव खल्बल्याउनका लागि राजनीतिक व्यक्तिहरू पनि सक्रिय रहेको बताए । त्यसरी धर्मको नाममा राजनीति गर्दा समाजमा सहिष्णुता खल्बलिएको बताए ।

’आज देश अप्ठ्यारो अवस्थामा गइरहेको महसुस भइएको छ । केही मान्छेहरू एउटा समुदायलाई इंगित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य निकालेर हिँडेका हुन्छन् । कोही धर्मको नाउँमा राजनीति गरिरहेका हुन्छन् । धार्मिक सहिष्णुता खल्बल्याउने काममा लागेको देखिन्छ,’ उनले भने, ’हामी नेपालीहरू एकीकृत भएर सद्भावपूर्ण रूपमा बाँचेका, बसेकालाई विभिन्न बहनामा धर्मको नाउँमा झगडा गराउने कामहरू भएको देखिन्छ ।’ धरान, सर्लाही र नेपालजन्जमा धार्मिक सद्भाव खल्बल्याउने काम भएको भन्दै तिनलाई तुरुन्त बन्द गर्नुपर्ने उनले बताए ।

संसद्मा रहेका सबै राजनीतिक दलहरूले धार्मिक सहिष्णुताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खतिवडाको आग्रह थियो । ’संसद्मा हुँदा केही गर्न नसकेपनि देशमा सबै पार्टीहरू एकताबद्ध छन् भन्ने सन्देश दिनुपर्ने आजको आवश्यकता महसुस गरेका छौं,’ उनले भने ।

त्यस्तै, कर्मचारीचतन्त्र सुस्त हुनुको कारणबारे प्रधानमन्त्रीले चासो राख्नुपर्ने खतिवडाको भनाइ थियो । अख्तियारको डरले कर्मचारीले निर्णय लिन डराएका हुन् कि भन्ने उनको आशंका थियो । अर्थतन्त्रको विषयमा पनि सरकारले चासो राख्नुपर्ने उनको भनाइ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img