spot_img

मंगलबार राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइनेःइजरायलमा ज्यान गुमाएकालाइ १० लाख दिने सरकारकाे घाेषणा

spot_img

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग मन्त्री शर्माले भनिन्।

इजरायल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि सरकारले गरेको छ।

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत राहत रकम निकासा गर्ने निर्णय गरेको हो। ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने,’ सरकारको निर्णयमा भनिएको छ।

यसैगरी, इजरायल सरकारसँगको समन्वय र सहयोगमा त्यहाँस्थित नेपाली दूतावासले यस घटनामा बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने तथा घाइतेहरूको तत्काल उपचारका लागि समन्वय र सहजीकरण गर्ने निर्णय पनि सरकारले गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img