spot_img

गाँजामाथिकाे प्रतिवन्ध हट्छ त नेपालमा,यदि हटे नेपाली समाजमा कस्ताे असर पर्ला ?

spot_img

रुपक यात्री,काठमाडाैँ
संयुक्त राष्ट्रसंघले गाँजालाइ खतरनाक लागूऔषधको सुचीबाट हटाएको छ । त्यसो त नेपालमा पनि प्रतिवन्धित लागूऔषध गाँजालाइ फुकुवा गर्नुपर्ने माग उठेको छ । यदि गाँजा फुकुवा गरेपछि नेपाली समाजमा कस्तो असर पर्ला त ?

राष्ट्रसंघले गाँजा र यसको धूलोलाई चौथो सूचिबाट हटाएको छ । शेड्युलमा गाँजालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो भने स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ । औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरूले यो कदमलाइ स्वागत गरेका छन् ।

त्यसोत नेपालमा पनि गाँजामा लगाइएको कानुनी प्रतिबन्ध हटाउनु पर्ने माग उठिरहेको छ । गाँजाको खेती र त्यसको कारोबारलाई कानुनी बनाउनु पर्ने माग गर्नेहरूले त्यसबाट नेपालको अर्थतन्त्र समृद्ध हुने दाबी समेत गरिरहेका छन् । तर, नेपालमा गाँजा फुकुवा त्यति सहज भने छैन । संयुक्त राष्ट्रसंघले चाैथाे सुचिबाट हटाएपनि पूर्णरूपमा भने हटाएकाे छैन । नेपालमा गाँजा खुल्ला गर्दा यसकाे नियन्त्रण र नियम नगरे अवस्था जटिल बन्न सक्ने पूर्व डिआइजी तथा लागूऔषध विज्ञ हेमन्त मल्लकाे भनाइ छ ।

मल्लका अनुसार नेपालको कानुनले औषधिका रुपमा गाँजालाइ प्रयोग गर्न कतै रोकतोक गरेको छैन । यदि नेपालमा गाँजालाई खुल्ला रुपमा छोडेर त्यसको नियन्त्रणमा ध्यान नदिए युवापुस्ताको ठूलो संख्या कुलतमा फस्न सक्ने र सामाजिक अपराध नियन्त्रण बाहिर जानसक्ने छ । अहिले पनि नेपालकाे ठुलाे संख्या युवाहरू गाँजा प्रयाेगकाे कुलतमा फसेका छन् भाेलि नियन्त्रण गर्न नसकेकाे अवस्थामा नेपाल लागुऔषधको ट्रान्जिट पाेइन्ट बन्नसक्ने मल्लकाे भनाइ छ ।

गाँजालाइ फुकुवा गरे यसको नियन्त्रण र नियमन नगरे अवस्था जटिल बन्न सक्ने र नेपाललाई लागुऔषधको केन्द्र बनाउन सक्नेतर्फ सचेत हुनुपर्ने विज्ञहरुको सुझाव छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img