“भिजन र इच्छाशक्ति भए छाेटाे समयमा थाेरै बजेटले दिर्घकालिन विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेकाे छ,त्रिपुरासुन्दरी नगरपालिका”
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एकैपटक ३ वटा साना पक्की पुल निर्माण सम्पन्न भएकाे छ। प्रधानमन्त्री रोजगारको १ करोड ५२ लाख र नगरपालिकाको ६० लाख गरि कुल २ करोड १२ लाखमा ३ वटा पक्की साना मोटरेवल पुल निर्माण गरेको हो । निर्माण भएका ३ वटा साना पक्की पुलको एकै साथ उद्धघाटन गरि यातायात सञ्चालनमा ल्याइएकाे हाे। मोटोरेवल साना पक्की पुल उद्धघाटनमा जिल्ला समन्वय समितिका उप प्रमुख तेजेन्द्र बुढा,नगर उप प्रमुख देवी घर्ती,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेल,प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी,शसस्त्र प्रहरी नायव उपरीक्षक लिला कार्की,राष्ट्रिय अनुसन्धान प्रमुख बषन्त कँडेल,वडाध्यक्षहरु, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीयकाे उपस्थिति रहेको थियो ।
त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नं १ स्थित गल्लीगार्ड, वडा नं ७ मापर्ने तामेगार्ड र वडा नं ९ मा पर्ने चुँ गार्ड खोलामा २ करोड १२ लाख लागतमा साना पक्की पुल निर्माण गरिएको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । उनले थपे हाम्राे लक्ष्य भनेकै दिर्घकालिन र पार्दसी विकास हाे। साना साना बजेटकाे सदुपयाेग गरेर दिर्घकालिन विकासमा हामी लागि रहेका छाैँ। साना खाेलाहरूमा पुल नहुँदा यात्रु देखि जनतालेसम्म सास्ती खेप्नुपर्ने बाध्यता थियाे अव भने त्याे हटेकाे छ। नगरप्रमुख रोकायका अनुसार पूर्वाधार मात्रै नभएर शिक्षा,स्वास्थ्य,राेजगार,र खानेपानीमा समेत दिर्घकालिन विकासी याेजना सञ्चालन भइरहेकाे बताए।
विगतका बर्षहरुमा प्रधानमन्त्री रोजगारको कार्यक्रम प्रभावकारीहुन नसक्दा राज्यको करोडौँ रकम खेर जाने गरेको अबस्थामा आर्थिक बर्ष २०७९÷०८० को प्रधानमन्त्री रोजगारको सम्पुर्ण बजेटले ३ वटा साना पक्की पुल निर्माणमा हुदा बजेटको पनि सहि सदुपयोग भएको र बिकास निर्माणका काम पनि भएको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले बताए। उनले थपे”विगतका बर्षहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्दा उपलब्धि नदेखिएपछि ठोस योजना खर्च गरिएको र पक्की पुल निर्माणकालागि सरोकारवाला निकायले धन्यवाद समेत दिए चाहन्छु। अघिल्लो आर्थिक बर्षको रकम मोटोरेवल पुलमा खर्च गरिएकोले यस आर्थिक बर्षमा पनि प्रधानमन्त्री रोजगारको रकम ठोस योजनामा लगानी गर्ने वा के गर्ने भनेर कार्यपालिकाको बैठकबाट छलफल गरेर टुंग्याउने अधिकृत नेपालीकाे भनाइ छ।
दिर्घकालिन विकासका लागि सधैँ प्रदेश र संघ सरकार ताकेर बस्ने मुलुकभरका स्थानीयतहहरूलाइ त्रिपुरासुन्दरीले गरेकाे विकास गतिलाे उदाहरण बन्न सक्छ।नगरपालिका जनप्रतिनिधि र कर्मचारीकाे भिजन अनुसारले काम गरे सानाे बजेटमा दिर्घकालिन र ठुला याेजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण पनि त्रिपुरासुन्दरी बनेकाे छ। मुलुकभरका स्थानीयतहरूले त्रिपुरासुन्दरीबाट अनुसरण गरे,दिर्घकालिन विकासका लागि प्रदेश र संघ सरकारकाे मुख ताकेर बस्नुपर्ने बाध्यता हट्नेछ।