काठमाडाैँ, निर्माण क्षेत्रमा चर्चित श्रेया कन्स्ट्रक्सन प्रा.लिले सुर्खेतमा भिटाघर थकाली चुलो संचालनमा ल्याएकाे छ। हुम्ला कर्णाली प्रदेशभित्र उत्पादन भएका रैथाने अर्गानिक कृषिबालीहरूकाे बजारीकरण र प्रबर्द्धन गर्ने मुख्य उदेश्यका साथ भिटाघर सञ्चालनका ल्याएका कन्स्ट्रक्सनका अध्यक्ष धुब्रकुमार शाहीले जानकारी दिए। कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर ६ न्युरोड सुर्खेतमा भिटाघर थकाली चुलो एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाे र सम्पुर्ण ग्राहक माहानुभावहरुले सेवा गर्ने अबसर प्रदान गर्न अध्यक्ष शाहीले बताए।
आइतबार भिटाघर थकाली चुलोको उद्घाटनमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जि सि, माअाेवादीकी प्रदेस पार्टी अध्यक्ष बिमला के.सि , प्रदेश सांसद जुमकित लामा , बिजया बोहरा, समन्वय प्रमुख सिबराज जैसी, नेकपा समाजबादीका नेताहरु हस्त बहादुर शाही , जोसि धामी,हुम्लाकाे सर्केघाट गा.पा उपाध्यक्ष चन्द्र सिङ्ह कार्की,किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्ल लगायतकाे उपस्थिति रहेकाे थियाे।

बजारमा राम्राे छाप छाेडेर भाेलिका दिनमा मुलुकका अन्य स्थानमा पनि शाखा खाेल्ने सञ्चालककाे भनाइ छ।

















