spot_img

आज मदिरा बिक्री र सेवन गर्न नपाइने

spot_img

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने ¥यालीलाई मध्यनजर गरी ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन ८ कात्तिक बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको हो ।

बाँकेमा कात्तिक ८ गते बुधबार अर्थात आज मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले एक सूचना जारी गरी आगामी बुधबार बिहान ८ बजेदेखि रातको १२ बजेसम्म बाँकेमा मदिरा तथा मदिराजन्य वस्तु बिक्री–वितरण एवं सेवनमा निषेध गरिएको जनाएका छन्।

‘विजयादशमीको भोलिपल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने ¥यालीलाई मध्यनजर गरी ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन ८ कात्तिक बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको छ,’ सिडिओ पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिलसमेत गरेका छन् ।

सूचना उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति एकादशीका दिन पवित्र जलकुण्ड, नदी र घाटमा विसर्जन गर्ने परम्परा छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img