spot_img

समाजवादी क्रान्तिको नेतृत्व रुकुमले गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व रुकुमले गर्नुपर्ने बताउनुभयो । पार्टीको तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को वडा समिति बैठकमा भाग लिन बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा पुग्नुभएका उहाँले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थाको सुरुवात कर्णालीबाट हुनुपर्ने र त्यसको नेतृत्व रुकुमले गर्नुपर्ने बताउनुभयो ।

‘हिजो युद्धको नेतृत्व रुकुमले ग¥यो, उहाँले भन्नुभयो–अब संविधानमै उल्लेख भएको समाजवादी यात्रा र नेकपा माओवादी केन्द्रले सुरु गर्न लागेको समाजवादी क्रान्तिको नेतृत्व रुकुमले गर्नुपर्छ, हिजोको रुकुमको योगदानका आधारमा म ढुक्क छु, रुकुमले नेतृत्व गर्न सक्छ ।’ त्यस्तै उनले प्रचण्ड पथ छाड्दा पार्टी सङ्कटमा परको समेत उहाँले बताउनुभयो । पार्टी सुदृढीकरणकै लागि प्रचण्ड पथलाई आफूले नै स्थगन गरेको तर त्यसपछि पार्टी नै छिन्नभिन्न हुन पुगेको माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

भ्रष्टाचारका अझै ठुला फाइल खुल्छन्
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारका अझै ठुला फाइल खोल्ने दाबी पनि गर्नुभएको छ । ‘तपाइहरूलाई थाहा छ सरकारले मिटरव्याजि देखि भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा सरकारले भ्रष्टाचारका ठुला फाइलहरू खोलेको छ, यो रोकिने छैन, उहाँले भन्नुभयो–म तपाइहरूलाई विश्वास दिलाउन चाहन्छु सरकारले अझ ठुलठुला भ्रष्टाचारका फाइलहरू खोल्ने छ ।’ यसका लागि सरकारले जनताको साथ खोजिरहेको उनले बताए । ‘मैले सरकारको नेतृत्व गरेपछि सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि जुन खालको आँट लिएको छु, यसमा तपाई जनताहरूले अटुट साथ दिनुभएको छ, अझै ठुला फाइल खुल्दै छन्, तपाइहरूको साथ अझै चाहिएको छ, उहाँले भन्नुभयो ।’ अब सरकारले भू माफिया र दलालका फाइलहरू खोल्ने उहाँको भनाई छ ।

वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ
फरक प्रसङ्गमा उनले वर्तमान गठबन्धन ५ वर्षसम्म टिक्ने दाबी गर्नुभयो । जुन उद्देश्यका साथ गठबन्धन बनेको हो सोही अनुसार गठबन्धन अघि बढ्ने उनले बताए । कोसी प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने उहाँको दाबी छ । ‘कोसी प्रदेशको विकसित राजनीतिका कारण केन्द्रीय गठबन्धनमै असर पर्ने आङ्कलनहरू गरिएको छ, त्यसो हुने छैन, कोसीमा पनि गठबन्धनकै सरकार बन्ने छ,’ उहाँले भन्नुभयो । साथै उहाँले देशमा आफू प्रधानमन्त्री भएपछि वैदेशिक लगानी समेत बढ्न थालेको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव देखि कतारका बादसाह समेत नेपाल आउन लागेको प्रसङ्ग उल्लेख गर्दै देशमा वैदेशिक लगानी बढ्दै गएको उहाँको भनाई छ ।

जब जब सङ्कट हुन्छ तब तब रुकुम पुग्ने गरेको छु
युद्धको तयारी, युद्ध काल तथा शान्ति स्थापनापछि आफूले सङ्गठनका
महसुस गर्दा रुकुम पुग्ने गरेको उहाँले सुनाउनुभयो । ‘हिजो २०५२ साल अघि युद्धको तयारी गर्दा होस, १० वर्षको युद्ध कालको समय होस वा २०६२÷०६३ पछिको शान्ति कालको कुरा होस, म जब जब पार्टी वा देशलाई अप्ठेरो परेको हुन्छ तब तब म रुकुम, रोल्पा आउने गरेको छु,’ उहाँले सुनाउनुभयो । उहाँले बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा आयोजना गरिएको सहिद स्मृति मेलाको उद्घाटन तथा सम्बोधन समेत गर्नुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img