spot_img

महालक्ष्मी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बाेगटी सहितका जनप्रतिनिधि ज्येष्ठ नागरिकबाट टिका र आर्शिवाद थाप्न घरदैलोमा (फाेटाेफिचर सहित)

spot_img

ललितपुर,ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ का निर्वाचित जनप्रतिनिधि आफ्नो वडाका ज्येष्ठ नागरिकसँग वडादशैँकाे टिका र आर्शिवाद थाप्न घरदैलोमा पुगेका छन् ।  ‘ज्येष्ठ नागरिकहरु ईश्वरका प्रतीक हुन् उहाँहरूको आर्शिवचन  सधै लाग्नेछ’, भन्ने पवित्र उद्देश्य लिएर महालक्ष्मी नगरपालिका वडा नं. ९ का निर्वाचिति जनप्रतिनिधिहरू वडाका  ज्येष्ठ नागरिकहरूको घर दैलोमा पुगेर आर्शिवाद लिएको वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो। जेष्ठ नागरिक टिका थाप्न घरमै पुगेर खुशी भएकाे बताउँदै राम्राे कामका लागि सुझाव दिएकाे जानकारी दिनुभयाे।

ज्येष्ठ नागरिकसँग आर्शिवाद लिन वडाअध्यक्ष जयकृष्ण बोगटी, वडा सदस्यहरु शशिधर पोखरेल, रामकेशर थापा, सरिता पोखरेल उहाँहरुकै घरदैलोमा पुग्नु भएको थियो ।  ज्येष्ठ नागरिकबाट आर्शिवाद लिने क्रममा आफूहरू १०३ वर्षीया विष्णुदेवी बडाल र ९२ वर्षीय लिलानाथ घिमिरेको घरमा पुगेर नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा ग्रहण गरेको वडासदस्य शशिधर पोखरेलले जानकारी दिनुभयो ।

विजयादशमीका दिन ९ दिनसम्म पूजा आराधना गरी देवी बिसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम भोलि कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

394716501_295498590078103_4911205712195894954_n1698400605.jpg387599050_1333280004227829_8733878396061148922_n1698400617.jpg

396586754_850830370014310_5241083449560592341_n1698400607.jpg

370217091_272757881850888_2411826736109619099_n1698400610.jpg

395498736_281904800834904_5826248926808034359_n1698400620.jpg

370206914_637138481937263_1926017867320567756_n1698400621.jpg

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img