spot_img

डोल्पामा बाला त्रिपुरासुन्दरी साँस्कृतिक महोत्सव २०८० को भव्य उद्घाटनःभोलिदेखि राष्ट्रिय कलाकारको प्रस्तुती,भलिवल देखि व्याटमिनटन खेलहरु हुँदै

spot_img

रुपक कुलाल,त्रिपुरासुन्दरी डोल्पा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आजबाट शुरु भएको डोल्पामा बाला त्रिपुरासुन्दरी साँस्कृतिक महोत्सव २०८० तथा तेस्रो मेयर कप खुल्ला भलिबल र जिल्ला स्तरिय ब्याटमिण्टन प्रतियोगिता शुरु भएको छ । बुधबार नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा महोत्सवको भव्य उद्घाटन भएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्याम रोकाया,विशेष अतिथि पूर्व प्रदेश सांसद बदमीक्वारी बुढा,प्रमुख जिल्ला अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि र नगरपालिकाकै जनप्रतिनिधि,र्कमचारी,पूर्व जनप्रतिनिधि तथा कर्मचारी,समाजसेवी देखि स्थानीयको बाक्लो उपस्थीति रहेको थियो। कार्यक्रमको सभाअध्यक्ष नगरप्रमुख जनचन्द्र रोकाया थिए भने राष्ट्रिय कलाकारको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समन्वय प्रमुख रोकायाले त्रिपुरासुन्दरी महोत्सव एेतिहासिक भएको र जिल्लाका मुख्य पर्यटकीय गन्तव्य फोक्सुण्डो तालसँगै त्रिपुरासुन्दरी मन्दीरको पनि प्रचार प्रसार आवश्यक रहेको बताए। जिल्लाको पर्यटन विकासमा महोत्सव कोसेढुङ्गा सावित हुने भनाइ राख्दै समग्र जिल्लाको पर्यटन विकासको लागि सबैले सोच्ने बेला आएको बताए ।

प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले महोत्सव मार्फत जिल्लाको कला र संस्कृतिको मात्रै प्रचार नभएर स्थानीय उत्पादनको पनि प्रचारप्रसार आवश्यक रहेको बताए । स्थानीय उत्पादीत वस्तुहरुको पनि बजारीकरणमा उहाँको जोड थियो।

सभाअध्यक्ष नगर प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाले पूर्वाधार विकाससँगसँगै धार्मीक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार,स्थानीय उत्पादनको प्रवर्दन र बजारीकरणको साथसाथै नगरभित्रको कला सँस्कृतीको पनि उत्सान हुने उदेश्यका साथ नगरपालिकाले महोत्सव आयोजना गरेको बताए । स्थानीय बजारको उत्थान र नगरपालिकाको ऐतिहासिक महत्वका स्थलहरुको प्रचार प्रसारले अन्य पालीकाले पनि सिकाइको बाटो हुने र समग्र जिल्लाको पर्यटीय विकासमा महोत्सव कोसेढुङ्गा सावित हुने नगरप्रमुख रोकायाको दावी छ। महोत्सव सफल बनाउन सबै राजनीतिक दल,व्यापारी,स्थानीय र प्रशासनको भरपुर रहेको साथको अपेक्षा रहेको उहाँले बताउँनु भयो।

उद्घाटन सत्रमा बोल्ने राजनीतिक दलका प्रतिनिधिहरुले सबै मिलेर ऐनिहासिक त्रिपुरासुन्दरीको महोत्सवलाइ सफल बनाउँन लाग्नुपर्ने बताए । धार्मिक र पर्यटकीय विकासको लागि महोत्सवले ठुलो योगदान दिने अपेक्षा गरे। नागरिक समाजका अगुवा देखि समाजसेवीहरुले महोत्सवमा सबैको साथ र सहयोग आवश्यक हुने बताए।
स्वागत मन्तव्य राख्दै नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत हिरा धरालाले लोक सँस्कृतिको,संरक्षण,प्रवर्दन तथा सम्मान र स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल भन्ने मुल नारालाइ साकार पार्ने बताए।
आज उद्घाटन सत्रको पहिलो दिनमा मतव्यको कार्यक्रम थियो भने भोलिदेखि राष्ट्रियस्तका कालाकारको सांगितिक प्रतुति देखि भिलिबल र ब्याटमिण्टनका खेलहरु रौँनक चल्नेछ। अधिकांस कलाकार र खेलाडीहरुको उपस्थित भैसकेकोले सबैको सहभागिताको लागि आयोजक टिमले अमिल समेत गरेको छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img