काठमाडाैँ, आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेको छ ।फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरको त्रिवि क्रिकेट मैदान पुग्नुभएको छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।
फाइनलमा अहिले ओमानले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याइरहेको छ । ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएको छ ।