spot_img

जाजरकोट र रुकुमका भुकम्प पिडितलाइ डाेल्पाका त्रिपुरासुन्दरी र ठुलीभेरि नगरपालिकाद्वारा आर्थिक सहयोगको घोषणा

spot_img

डोल्पा,छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई त्रिपुरासुन्दरी र ठुलिभेरि नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले रु ७ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।बाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव २०८० काे चौथो दिन आईतबार त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले हजारौं दर्शक माझ सहयोगकाे घोषणा गरेका हुन् ।त्रिपुरासुन्दरीका नगर प्रमुख रोकाय र नगरपालिका टिम आफै प्रतक्ष्य भुकम्प पिडित भएकाे ठाउँ जाजरकोट र रुकुम पश्चिम पुगी सहयोग गर्ने बताइएको छ । जाजरकोटमा गएको भुकम्पले जाजरकोट र रुकुममा भएको जनधनको क्षेतिप्रती शोक मनाउदै हिजो १ दिन कार्यक्रम स्थगित र आज १ मिनेट मौन धारण पछी सुरु भएको थियो। त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र रोकायले घटनाप्रति दुख व्यक्त गर्दै,मृत्युकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले सकेको राहत सामाग्री सहयोग गर्ने भताउनुभयो।

यस्तै ठुलीभेरि नगरपालिकाले पाँच लाख सहयाेग गर्ने भएका छ ।
भने ठुलि भेरि नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढा आफै प्रतक्ष्य भुकम्प पिडित भएकाे ठाउँ जाजरकोट पुगेर याे विपत्तिमा थाेरै भएपनि राहत मिलाेस भनेर नगर पालिकाकाे तर्फबाट रु ५ लाख सहयाेग गर्ने घाेषणा गरेका हुन ।
याे विपत्तिमा थाेरै भएपनि राहत मिलाेस भनेर दुइटै नगरपालिकाले सहयाेग गर्ने घाेषणा गरेका हुन ।

यहि २०८० कार्तिक १७ गते राति जाजरकोटकाे रामिडाडामा केन्द्र बिन्दु बनाएर आएकाे भुकम्पकाे कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको अप्रिय क्षति भएकाे छ। विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम हाल शाेकमा डुबेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img