“लोकप्रिय कलाकारको गित सुन्न देखि राष्ट्रियस्तरका खेलाडीको खेल हेर्न डोल्पाली दर्शक ओइरो”
रुपक कुलाल,त्रिपुरासुन्दरी डोल्पा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा बाला त्रिपुरासुन्दरी साँस्कृतिक महोत्सव २०८० तथा तेस्रो मेयर कप खुल्ला भलिबल र जिल्ला स्तरिय ब्याटमिण्टन प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। लोक संस्कृतिको संरक्षण,प्रवद्र्धन तथा सम्मान स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ १५ गतेदेखि शुरु भएको महोत्सव शुरु भएको थियो।
महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार गायक पुस्कल शर्मा,भागिरथ चलाउने गायीका शान्तिश्री परिवार,समिक्षा अधिकारी लगाएत अन्य कलाकारको बेजोड प्रस्तुति रहेको थियो। कलाकारका गित सुन्न गाउँगाउँबाट डोल्पालीहरुको घुँइचो नै लागेको थियो । सायदै डोल्पामा पहिलो पटक होला यति ठुलो महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थीति भएको अनि दर्शकले कलाकार प्रत्यक्ष देखेको ।
यता भलिबल तर्फपनि खेल हेर्ने दर्शकको ओइरो लागेको थियो। राष्ट्रियस्तरमा चर्चित खेलाडीहरु हिमाल सोनारी मगरको टिम गण्डकी लगाएतका खेलाडी र टिमहरुको उपस्थीतिले खेलप्रेमीहरुमा छुट्टै उत्साह थपेको थियो। उपाधि पनि टिम गण्डकीले उचाल्न सफल भयो भने उपविजेता फुल्चिङ टिम बन्यो। यस्तै ब्याटमिण्टन तर्फ त्रिपुरासुन्दरी बजार व्यवस्थापन टिम पहिलो हुन सफल बन्यो।
उद्घाटन समारोहमा तथा समापन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्याम रोकाया,विशेष अतिथि पूर्व प्रदेश सांसद बदमीक्वारी बुढा,प्रमुख जिल्ला अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि र नगरपालिकाकै जनप्रतिनिधि,र्कमचारी,पूर्व जनप्रतिनिधि तथा कर्मचारी,समाजसेवी देखि स्थानीयको बाक्लो उपस्थीति रहेको थियो। कार्यक्रमको सभाअध्यक्ष नगरप्रमुख जनचन्द्र रोकाया थिए भने राष्ट्रिय कलाकारको पनि उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि समन्वय प्रमुख रोकायाले त्रिपुरासुन्दरी महोत्सव ऐतिहासिक भएको र जिल्लाका मुख्य पर्यटकीय गन्तव्य फोक्सुण्डो तालसँगै त्रिपुरासुन्दरी मन्दीरको पनि प्रचार प्रसार आवश्यक रहेको बताए। जिल्लाको पर्यटन विकासमा महोत्सव कोसेढुङ्गा सावित हुने भनाइ राख्दै समग्र जिल्लाको पर्यटन विकासको लागि सबैले सोच्ने बेला आएको बताए । महोत्सव सभ्य र भव्य रुपमा सम्पन्न गरेको भन्दै प्रमुख रोकायाले नगर प्रमुख सहित आयोजक टिमलाइ धन्यवाद समेत दिए।
प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले महोत्सव मार्फत जिल्लाको कला र संस्कृतिको मात्रै प्रचार नभएर स्थानीय उत्पादनको पनि प्रचारप्रसार आवश्यक रहेको बताए । स्थानीय उत्पादीत वस्तुहरुको पनि बजारीकरणमा उहाँको जोड थियो।
सभाअध्यक्ष नगर प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाले पूर्वाधार विकाससँगसँगै धार्मीक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार,स्थानीय उत्पादनको प्रवर्दन र बजारीकरणको साथसाथै नगरभित्रको कला सँस्कृतीको पनि उत्सान हुने उदेश्यका साथ नगरपालिकाले महोत्सव आयोजना गरेको बताए । स्थानीय बजारको उत्थान र नगरपालिकाको ऐतिहासिक महत्वका स्थलहरुको प्रचार प्रसारले अन्य पालीकाले पनि सिकाइको बाटो हुने र समग्र जिल्लाको पर्यटीय विकासमा महोत्सव कोसेढुङ्गा सावित हुने नगरप्रमुख रोकायाको दावी छ। महोत्सव सफल बनाउन सहयोग गर्ने सबै राजनीतिक दल,व्यापारी,स्थानीय जनता र प्रशासनको ठुलो योगदान रहेको बताए ।
समापन सत्रमा बोल्ने राजनीतिक दलका प्रतिनिधिहरुले महोत्सव ऐनिहासिक,सभ्य र भव्य रुपमा सम्पन्न भएर्कोे बताए । धार्मिक र पर्यटकीय विकासको लागि महोत्सवले ठुलो योगदान दिने अपेक्षा गरे। नागरिक समाजका अगुवा देखि समाजसेवीहरुले जिल्लामा हुने यस्ता खालका महोत्सवमा सबैको साथ र सहयोग आवश्यक हुने बताए।
नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले लोक सँस्कृतिको संरक्षण,प्रवर्दन तथा सम्मान र स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल भन्ने मुल नारालाइ साकार पार्न भरपुर प्रयास गरेको बताए।
समग्रमा महोत्सवले स्थानीय कला,संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने मात्रै नभएर समग्र जिल्लाको पर्यटन विकासको लागि महत्वपूर्ण योगदान देखिन्छ। निकै कठिनाइका बाबजुत पनि नगरपालिकाले महोत्सवलाइ यति ठुलो भव्य,सभ्य र सफल बनाएकोमा आयोजक त धन्यवादको पात्र बनेनैँ जनताको साथले महोत्सव अझ बढि सफल भयो।