spot_img

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

spot_img

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाएको थापाले बताए । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा सर्वदलीय बैठक बोलाएका थिए । कान्तिपुर दैनिकमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img