spot_img

क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

spot_img

एजेन्सी ः क्रिकेट वर्ल्ड कपको सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दैछन्। विश्वकपको खेलहरूमा अपराजित रहेको भारतले लिग चरणमा न्युजिल्याण्डलाई चार विकेटले हराएको थियो। तर सेमिफाइनलमा ढुक्क भने छैन भारत।

धर्मशालामा भएको खेलमा चोटका कारण न्युजिल्याण्डका क्याप्टेन केन विलियमसनले खेलेका थिएन। तर मुम्बइमा हुने सेमिफाइनलमा उनी खेल्नेछन्। सेमिफाइनलको खेल अगाडि भारतीय टिमका कप्तान रोहित शर्माले भारत न्युजील्याण्डको शक्ति र कमजोरीबारे जानकार रहेको टिप्पणी गरेका छन्।

उनले न्युजिल्याण्ड सबैभन्दा अनुशासित टिम भएको बताउँदै उनले उनीहरू निकै स्मार्ट तरिकाले खेल्ने र भारतीय टिमको मानसिकताबारे समेत जानकार रहेको बताए।

उता न्युजिल्याण्डका क्याप्टेन केनले पनि भारत र आफ्नो टिम दुबैका लागि जितका लागि बराबरी मौका रहेको बताएका छन्।

लिग चरणमा सबै खेल जिते पनि सेमिफाइनलमा हारेको अवस्थामा सिधै प्रतियोगिताबाट बाहिरिने हो। सन् २०१९ को वर्ल्ड कप सेमिफाइनलमा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img