spot_img

हिँउले छपक्कै फाेक्सुण्डाे तालःताल हर्न जाने पर्यटककाे संख्या हरेक दिन बढ्दाे

spot_img

तस्वीरः@zin pa उहाँ पर्यटक गाइड र हाेटल व्यवसायी हुनुहुन्छ। उहाँले ११ नाेभेम्बरमा लिएका तस्वीरमा हेराैँ फाेक्सुण्डाे

   

फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडका रेन्जर यज्ञराज रोकायका अनुसार भदौदेखि कात्तिक १५ गतेसम्म मात्र विदेशी तथा आन्तरिक गरी दुई हजार पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेका छन् । सडक यातायातको पहुँचसँगै डोल्पा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको रेन्जर रोकायको भनाइ छ ।

पछिल्लो समय फोक्सुण्डो ताल हेर्न आउने पर्यटकहरुमा सबैभन्दा आन्तरिक छन् । तीन महिनामा आन्तरिक पर्यटक एक हजार ८१९, सार्क मुलुकका तीन र विदेशी एक सय दुई गरेर एक हजार ९२४ जना फोक्सुण्डो ताल हेर्न आएको रेन्जर रोकायले बताउनुभयो । कात्तिक १ देखि १५ गतेसम्म मात्र एक हजार २५७ जना पर्यटक फोक्सुण्डो ताल घुम्न आएका हुन् । फोक्सुण्डो ताल जाने प्रवेशद्वार सुलिगाडस्थित निकुञ्ज कार्यालय नजिक भिमपुलसम्म नै मोटरसाइकलबाटै यात्रा गर्न सकिने भएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

मोटरसाइकलबाट फोक्सुण्डो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि सुलिगाडस्थित भिमपुलनजिक निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुरक्षा चेक प्वाइन्टमा मोटरसाइकल पार्किङको सुविधा नभएपछि बेवारिस अवस्थामै सडकको दुई किनारमा मोटरसाईकल पार्किङ गर्नु पर्ने अवस्था छ । जाजरकोट खलाङ्घाका डेलिस आरसिले आफ्नो फोक्सुण्डो हेर्ने वर्षौदेखिको सपना बल्ल पूरा भएको बताउनुभयो । फोक्सुण्डो तालको धेरै महिमा सुनेको थिए तर सुनेको र टेलिभिजनमा देखाइएको भन्दा पनि अधिक सुन्दर रहेछ अहिले आफै तालमा पुगेर आएपछि थप सुन्दरता थाहा भयो आरसिले भन्नुभयो ।

फोक्सुण्डो ताल हेर्दा जति सुन्दर र अलौकिक छ त्यसको बयान गर्न नसकिने भन्दै सुलिगाडदेखि तालसम्म पुग्ने अव्यवस्थित बाटोले पर्यटकलाई केहि कठिनाइ हुने गरेको भए पनि पूर्ववत् अवस्थाको बाटोलाई समय समयमा सम्बन्धित निकायले मर्मत गर्नु पर्ने उहाँको भनाइ छ । काठमाडौंदेखि फोक्सुडो तालसम्म पुगेर फिर्ता भएका अनिशसिं ठकुरीले आफ्नो अधुरो जीवन तालमा पुग्दा पूर्ण भएको बताउनुभयो ।

   

वन वन्यजन्तुु, पर्यापर्यटन र प्राकृतिक सम्पदाको दृष्टिकोणले समेत महत्त्वपूर्ण छ फोक्सुण्डो ताल । हालको सुलिगाडस्थित भीमपुल नजिकको फोक्सुण्डो प्रवेशद्वारमा स्थानीय जनतालाई मात्र अनुमति दिई पर्यटकलाई सदरमुकाम दुनै भएर फोक्सुण्डो जाने आधिकारिक स्थाई रुट तय गर्न सके र शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड हुँदै फोक्सुण्डो तालसम्मका होटल व्यवस्थापन लगायत मूल्य हेरफेरका साथै एकरुपता ल्याउन सके पर्यटकहरुको बसाइको दिन बढेर स्थानीयहरुको आर्थिकोपार्जनमा मद्दत पुग्ने देखिन्छ । गाेरखापत्र अनलाइनबाट

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img