spot_img

शिक्षक हत्याबारे बाेल्याे विप्लव समुह,हत्याकाे कारण सहित यस्ताे दावी ।

spot_img

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले शिक्षा हत्या गरेको स्वीकारेको छ । नेकपा मेची–कोशी व्युरोले एक विज्ञप्ति जारी गर्दै आफु्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएपछि मोरङका शिक्षा राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ ।

ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।

इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’

वक्तव्यमा राजेन्द्र श्रेष्ठको मृत्यु हुनुका कारण जनाउँदै इन्चार्ज प्रतापले भनेका छन्, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’

इन्चार्ज प्रतापको वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मोरङ मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ’विप्लव’ समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए। घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको बताएको थियो। तर, घटनास्थल पुगेको प्रहरीले भने उनको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको हो।

बिहान जंगलमा गोली चलेको आवाज आएको प्रहरीले जनाएको थियो। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार शिक्षक श्रेष्ठको आधा घाँटी रेटिएको छ। ‘उहाँको हात अगाडि बाँधेको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘धारिलो हतियारले घाँटी रेटेजस्तो देखिन्छ।’ हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीले जनायो। ‘स्थानीयले गोली चलेको आवाज सुनेको भनी खबर गरेका थिए,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘तर, शिक्षकलाई गोली हानेको देखिएन।’

प्रहरीले घटनास्थल मुचुल्का उठाइरहेको छ। शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरैबाट विप्लव कार्यकर्ताले अपहरण गरेका थिए। मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो। त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए। शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img