spot_img

शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउन शीर्ष नेता सहमत

spot_img

प्रमुख दलका शीर्ष नेताहरू शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउन सहमत भएका छन् । शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता शीर्ष नेताहरूले दोहो¥याएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको छलफलमा शान्ति प्रक्रिया छिटो टुंगोमा पु¥याउने समझदारी भएको हो । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

‘नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ । यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भएका छन् । यद्यपि, केही महत्वपूर्ण कार्यभार अझै पनि बाँकी छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा हामी एकताबद्ध र प्रतिबद्ध छौँ,’ प्रचण्डले भनेका छन् । १७ वर्षमा भएको काम र बाँकी कामबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img