spot_img

दुर्गा प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्ता पछि प्रहरीसँग झडप जारी

spot_img

काठमाडौँ,दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै समर्थकहरुलाई भड्काएपछि उनीहरु प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए। त्यसक्रममा बल्खु चोकबाट कालिमाडी तर्फ भिड जान खोजेपछि प्रहरी भिडलाई तितरबितर पार्न अश्रु ग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । अहिले बल्खु क्षेत्र तनावग्रस्त छ । उत्तेजित भिडले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । झडपका क्रममा केही घाइते पनि भएका छन् ।

नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल ¥याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् ।

झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।

दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले त्यसको विरोधमा तीनकुनेमा विरोध गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img