रूपक यात्री,डाेल्पा
डोल्पाबाट ९ उजुरी, ४ स्थानीय तहविरुद्ध शून्य
स्थानीय तहमा भएका आर्थिक अनियमितता (भ्रष्टाचार)का उजुरीको चाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छ । डाेल्पाका स्थानीय तहविरुद्ध पनि उजुरी अख्तियारमा परेका छन् । अख्तियारको कार्यालय सुर्खेतका अनुसार डोल्पाका ८ स्थानीय तहबाट जम्मा ९ वटा उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भई ७ वटा फर्छ्यौट हुन बाँकी छन् । जिल्लाका चारवटा स्थानीय तहविरुद्ध एउटा उजुरी पनि परेको छैन । ठूलीभेरी नगरपालिकाबाट अख्तियारमा परेका ३ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भई २ वटा बाँकी छन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा ४ वटा उजुरीमध्ये १ वटा उजुरी फर्छ्यौट भई ३ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् । डाेल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका जनताकाे भ्रष्टाचार भएकाे भन्दै व्यापक जनगुनासाे छ । अख्तियारमा उजुरी गरेपनि कुनै सुनुवाइ नभएकाे स्थानीय बताउँछन् । जनप्रतिनिधि र कर्मचारीकाे मिलेमताेमा भ्रष्टाचार बढिरहेकाे छ ।



















