spot_img

भिषण आगलागी हुँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु

spot_img

बर्दिया,बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो । सदरमुकाम नजिकै भएको आगलागीमा परि डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २८ वर्षीया करिस्मा चन्द आगलागीमा परि घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले बताए । साँझ खाना खाई आगो तापेर सुतेको बेलामा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img