spot_img

पूर्वराजालाई गगन थापाको चुनौतीः’च्याँखे दाउ नहान्नुस् महाराज,चुनाव लड्ने भए मैदानमा उत्रन चुनाैँति’

spot_img

बुटवल — कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् । राजवादीको नाममा पछिल्ला दिनमा काठमाडौंसहित विभिन्न ठाउँमा राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको गतिविधिलाई संकेत गर्दै थापाले उक्त चेतावनी दिएका हुन् । धर्मको आडमा राजनीति नगर्न पनि थापाले ज्ञानेन्द्रलाई चेतावनी दिए ।

पूर्वराजालाई थापाको चुनौती – ’च्याँखे दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस्’
कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार तम्घासमा सम्बोधनको क्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती दिएका हुन् । ’राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ,’ उनले भने ।

कांग्रेस महामन्त्री थापाले नेपालबाट राजाहरूकै बदनियतले राजतन्त्र फालिएको टिप्पणी गरे । २०१७ पुस १ मा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई बर्खास्त गरी पञ्चायती शासन लगाएर मुलुकलाई पछाडि धकेलेको पनि उनले बताए ।राजा वीरेन्द्रको हत्या भएपछि छानबिन हुनुपर्ने माग गर्दा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालामाथि ढुंगा प्रहार भएको थापाले स्मरण गराएका थिए ।

’राजा वीरेन्द्रको वंशनास भएर ज्ञानेन्द्रले श्रीपेच लगाउँदै गर्दा ’ज्ञानेन्द्र राजा चाहिँदैन, वीरेन्द्रको हत्या कसले ग¥यो ?’ भन्दै गर्दा काठमाडौंको दरबारबाहिर ढुंगामुढा भयो । त्यो ढुंगा थाप्ने गिरिजाप्रसाद कोइराला हो,’ उनले भने, ’नेपालको राजाहरूकै बदनियतले गर्दा राजसंस्था गएको हो ।’

कांग्रेसमा पछिल्लो समय ’राजा नभए धर्म के हुन्छ ?’ भन्ने प्रश्न उठ्न थालेकोप्रति थापाले असन्तुष्टि जनाए । ती प्रश्नको जवाफमा थापाले राजा आएर धर्म नबचाउने र धर्म बचाउने ठेक्का राजाको नभएको बताए । थापाले भने, ’मौका पाउँदाखेरि मन्दिरको मूर्ति बेच्नेहरूले, जसले मूर्ति बेचेर आएको छ त्यसले तपाईं र मेरो धर्म बचाइदिन्छ ? तपाईं र मेरो धर्म त्यति कमजोर छ ?’ नेपालमा कसैले पनि धर्मको ठेकेदारी लिन नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले सरकारले पनि अतिवादीहरुलाई नै मलजल गरिरहेको आरोप लगाए । गणतन्त्रमा सडकमा नारा लगाउन, नेताको विरोध गर्नदेखि कांग्रेसकै कार्यकर्ताले पनि कांग्रेस मूर्दावाद भन्ने छुट रहेको बताए । ‘तर, सरकार सामाजिक सञ्जाल बन्द गर्नेदेखि सडकमा हिँडेकालाई पक्रेर थुन्ने ध्याउन्नमा लागेको छ,’ उनले भने, ‘त्यो गणतन्त्र होइन, त्यस्तो पुरानो फर्मूला हो, त्यसले अब काम गर्दैन ।’

थापाले नागरिकले व्यवस्था बदल्न नचाहेको तर चेहरा, नेतृत्व र नेतृत्वको चाल बदल्न खोजेको र त्यो जिम्मा कांग्रेसले लिएर जनचाहनाअनुसार कांग्रेस अघि बढ्नु जरुरी रहेको पनि बताए । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने र कुनै पनि अवस्थामा राजतन्त्र फर्कने सम्भावना नभएको बताए ।

उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि गठनबन्धन नगर्ने संकल्प गर्नुपर्ने बताए । ‘चुनाव अगाडि हारिन्छ कि भनेर गठबन्धन गर्ने राजनीतिक भ्रष्टाचार र अपराध हो,’ उनले भने, ‘अब चुनाव हारे चकटीमा बस्नु तयार हुनुपर्छ । तर, चुनाव हार्ने डरले कांग्रेसले अब गठबन्धन गर्दैन, गर्न दिनु हुँदैन र त्यो संकल्प गर्नै पर्छ ।’

दुई दिनसम्म चल्ने कांग्रेस जिल्ला सम्मेलन उद्घाटनको अवसरमा कांग्रेसका नेताहरु नैनसिंह महर, केन्द्रीय सदस्य चन्द्र भण्डारी, चन्द्र केसी लगायतले पनि बोलेका थिए । कांग्रेस गुल्मीले अहिलेसम्मका गतिविधिको समीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने गरी दोस्रो जिल्ला सम्मेलन गर्न लागेको हो । जिल्ला सभापति खिलध्वज पन्थीका अनुसार आइतबारसम्म चल्ने सम्मेलनको बन्द सत्रमा जिल्लाभरका १७ सय ४६ प्रतिनिधि सहभागी हुनेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img