spot_img

मुड्केचुलाकाे इल गाउँमा घरघरै खानेपानीकाे धाराः”अव हुँनेछैन शुद्द र सफा खानेपानीकाे समस्या”

spot_img

“घरघरमै खानेपानीका धारा बनेर पानी आएपछि खुशीले दंग स्थानीयवासी”

रूपक कुलाल,डाेल्पा

डाेल्पाकाे मुड्केचुला गाउँपालिकाकाे वडा नम्वर ४ मा पर्ने इल गाउँमा खानेपानीकाे निकै समस्या थियाे। खाेला नजिकै तर धारा प्रभावकारी नहुँदा शुद्द र सफा खानेपानीकाे समस्या थियाे। अव भने त्याे समस्याबाट स्थानीयवासीले छुटकारा पाएका छन्।

नेपाल सरकार,मुड्केचुला गाउँपालिका,फिल्याण्ड सरकार, योरेपिली युनियन र दिगो खानेपानी तथा सरसफाई तथा स्वच्छता परियोजना सुस्वा संस्थाकाे निर्माणमा इल गाउँमा १ घर १ धारा निर्माणकाे काम सम्पन्न भएकाे छ। १ कराेड २६ लाखकाे बजेटमा गाउँभरीका प्रत्यक घरमा सबैगरी १ सय ५० वटा धारा निर्माणकाे काम सम्पन्न भएर घरघरका हरेक धारमा पानी आइसकेकाे गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिनुभयाे।

दुइवटा खाेला नजिक भएपनि गाउँवासीलाइ शुद्द र सफा खानेपानीकाे निकै समस्या थियाे अव त्याे समस्या टरेकाे छ। स्थानीयवासी निकै खुशी भएकाे साेहि वडाका वडा अध्यक्ष कृतीबहादुर बुढाले जानकारी दिए। अध्यक्ष बुढाले थपे”सहयाेगि सबै सरकारी तथा गैरसरकारी संस्थालाइ वडावासीकाे तर्फबाट धन्यवाद समेत प्रकट गर्दछु।”

 दिगो खानेपानी तथा सरसफाई तथा स्वच्छता परियोजना सुस्वाका डाेल्पा वास एडभाइजर भिमराज वास्ताेलाले डाेल्पामा सुस्वाकाे परियाेजनाहरू निकै सफल,प्रभावकारी र चाँडाे भएकाे बताए। इल गाउँकाे सफल घरघरमा धारा निर्माण पछि पानी पुगेपछि अव अझ काम गर्ने हाैँसला बढेकाे भन्दै अव केहि दिनमा मुड्केचुलामा वृहत घरघरमा शाैंचालय निर्माण देखि सरसफाइ अभियान चलाइने जानकारी एडभाजर बास्ताेलाले जानकारी दिए।

खानेपानी र सरसफाइकाे क्षेत्रमा काम गर्ने सुस्वा संस्था हाल जिल्लाका ३ वटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेकाे छ। अवका वर्षमा जिल्लाका सबै स्थानीयतहहरूमा कार्यक्रम लैजाने संस्थाकाे लक्ष्य रहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img