spot_img

केपी ओली कप क्रिकेटःकुशल भुर्तेलकाे विष्फाेटक शतकमा पुलिसले सजिलै हरायो मधेस प्रदेशलाई

spot_img

काठमाडौँ,पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पोखरा रंगशालामा आइतबार खेलिएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हरायो ।टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशको टोली भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय १८ रनमात्र बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको मधेस प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बने । रुपेश सिंहवाहेक मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आठौँ नम्बरका ब्याट्सम्यान रुपेशले टोलीको खातामा सर्वाधिक ४० रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर साह चार रन बनाउँदै आउट भए । अर्का ओपनर अनिल साह त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान इमरान शेखले केही सम्हालिएर खेल्दै २१ बलमा एक छक्का र एक चौकाको मद्दतले २२ रन बनाएका थिए ।

पवन सर्राफ दुई रनमै आउट भए भने हिमांशु दत्तले खातासम्म खोल्न सकेनन् । रोहन वीकले टोलीको खातामा १० रन थपे । विशाल सुसलिङले चार रन बनाए । राकेश कामतले १० रन जोडे । विशाल पटेलले अविजित सात रन र प्रदीप पासवानले ६ रन बनाए ।

पुलिस क्लबका बलर रसिद खान, ललित राजवंशी, करण केसी र सागर ढकालले दुई—दुई विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले पनि एक—एक विकेट हात पारे । मधेस प्रदेशको टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो ।

त्यसअघि पुलिस क्लबका लागि कुशल भुर्तेलले सतकीय पाली खेलेका थिए । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो । आक्रामक रुपमा प्रस्तुत भएका भुर्तेलले केवल ५७ बलमा सात छक्का र आठ चौकाको मद्दतले टोलीको खातामा एक सय दुई रन थपे ।

ओपनर ब्याट्सम्यान भुर्तेलले ५६ बलमा शतक पुरा गरेका थिए । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका विशाल सुसलिङ आफ्नो बलिङमा आफैले क्याच गरेका थिए ।

१६औँ ओभरको अन्तिम बलमा पेभेलियन फर्किनुअघि भुर्तेल र सुनिल धमलाले पुलिस क्लबका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए । अर्का ओपनर सुनिल धमलाले टोलीको खातामा ४५ रनको योगदान गरे ।

धमलाले लामो समय क्रिजमा टिकेर ४७ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनी तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका बलर विशाल पटेलले विकेटकिपर अनिल साहद्वारा क्याच गराएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान रसिद खान भने पाँच रनमा तीन रन बनाउँदै आउट भए । रसिदको विकेट पनि विशाल सुसलिङले नै लिएका थिए । विशालले उनलाई राकेश कामतद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ तीन बलमा एक रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यानलाई दिलिपलाई विशाल पटेलले बोल्ड गरेका थिए ।

अर्जुन साउद दुई बलमा एक रन बनाउँदै आउट भए । उनलाई रुपेश सिंहले बोल्ड गरेका थिए । करण केसीले अविजित १६ रन बनाए । उनले पाँच बलमा एक छक्का र दुई चौका पनि हिर्काए । कप्तान आरिफ शेख एक बलमा ६ रन बनाउँदै अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img