spot_img

गाैशालामा प्रहरी र प्रसाइ समुहविच झडपःप्रहरीद्वारा लाठी चार्ज,विवादित धर्मगुरू आचार्य श्रीनिवास पक्राउ

spot_img

काठमाडौं,दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

रुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए । श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ ।

त्यो बेला उनले आफैंलाई गोली हान्न लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङमा त्यसबेला खटिएका एक अधिकृतका अनुसार, त्यसदिन आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किएका थिए । त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img