spot_img

भुसाल र ज्वालालाइ सरकारबाट फिर्ता बाेलाउने तयारीमा समाजवादी पार्टीःसन्ताेषजनक काम नगरेकाे ठहर

spot_img

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पार्टीबाट गएका दुई जना मन्त्रीले चित्तबुझ्दो काम गर्न नसकेको बताएका छन् ।

एक टेलिभिजन अन्तरवार्तामा कुरा गर्दै प्रवक्ता खतिवडाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

‘ कुनै उल्लेखनीय प्रगति यस्तो गर्नुभयो भनेर देखाउन सक्ने कुरा त्यो पनि गर्न सकेको जस्तो देखिँदैन । निर्वाह गर्नुभएको छ । उहाँहरु इमानदार हुनुहुन्छ भन्नेसम्म चाही म बुझ्छु ।’

कृषि मन्त्री भुसालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भर कृषि अभियानलाई सञ्चालन गर्न सक्ने खाल्को नयाँ कार्यक्रम ल्याउन नुसकेको उनको दाबी छ ।

मन्त्रीद्वय भुसाल र ज्वालालाई पार्टीले प्रभावकारी र राम्रो काम गर्न निर्देशन दिएको उनले बताए । अहिले मन्त्रीद्वय पार्टीले दिएको निर्देशनको दवाबमा रहेको उनको भनाई छ । पार्टीभित्र पनि मन्त्रीहरूले जनअपेक्षा अनुसारकाे काम गर्न नसकेकाे भन्दै मन्त्री परिवर्तनका लागि दवाब बढेकाे एक नेताले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img