spot_img

विप्लव समूहले हत्या गरेका प्रधानाध्यापक श्रेष्ठ मृत फेलाःचार जिल्लाका प्रहरीको ‘सर्च अपरेसन शुरू

spot_img

मोरङ,शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या मिक्लाजुङ गाउँपालिका १ मा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको छ। मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठको मंगलबार नेत्रविक्रम चन्द विप्लव समूहले अपहरणपछि जंगलमा लगेर घाँटी रेटी हत्या गरेको थियो।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीका अनुसार घटना भएको क्षेत्रमा मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा मोरङको विशेष टोलीले ‘सर्च अपरेसन’ गरिरहको छ।

घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाको सिमानामा पर्ने भएकाले ती चारै जिल्लाका प्रहरीलाई ‘अपरेसन’ चलाउन निर्देशन दिइएको छ।कार्कीले चारै जिल्लाका प्रहरीलाई ‘सर्च अपरेसन’मा निस्किन निर्देशन दिइसकेको बताए। ‘हत्यालगत्तै चारै जिल्लाका प्रहरी सर्च अपरेसनमा निस्किएका छन्,’ डिआइजी कार्कीले भने। उक्त क्षेत्र विप्लव समूहको प्रभावयुक्त ठाउँ हो। यो घटनाअघि पनि मिक्लाजुङमा चारै जिल्लाका प्रहरीको संयुक्त ‘सर्च अपरेसन’ चलाइएको थियो।

शिक्षक श्रेष्ठलाई विप्लव समूहले नियन्त्रणमा लिएर अपहरणपछि हत्या गरेको कार्कीले बताए। उनले हत्यामा संलग्न समूहको खोजी तीव्र भइरहेकाले परिणाममुखी नतिजाको पर्खाइमा प्रहरी रहेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img