मंगलबार मुलुकभरका हिमाली भेगमा भारि हिमपात भयाे। दिनभरजसाे हिमाली भेगमा हिमपात भएपछि अत्यधिक चिसाे बढेकाे छ। माेबाइल नेटवर्क गएकाे देखि विरामीलाइ चिसाेकाे चिन्ता छ। तर हिमाली भेगका कृषक भने खुशी छन्। याे माैँसममा गहुँ, जौ र ऊवा लगाइन्छ । समयमै हिउँ परेपछि मंसिरमा छरेर जेठमा भित्र्याउने बाली राम्रो हुने संकेत देखिएकाले किसान हर्षित छन् । मंसिर–पुसमा बाक्लो हिमपात भएमा चैत–वैशाखमा लगाइने कोदो, फापर, चिनो, मार्से लट्टे, भटमास, सिमी, कागुनो, आलुको उत्पादन बढ्छ ।
कर्णाली प्रदेशका सबै जिल्ला मनाङ र बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पनि हिमपात भएको छ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसमविद् अधिकारीले बताए । हिउँदमा पश्चिमी वायुले तराई र पहाडी क्षेत्रमा वर्षा गराउँछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात गराउँछ ।