spot_img

भाइरल संक्रमण फैलिएकाे त्रिपुरासुन्दरीकाे रसी गाउँमा बृहत स्वास्थ्य शिविर सञ्चालनःगाउँमै उपचार पाएपछि राहत महशुर गरेका स्थानीय

spot_img

डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं २ मा पर्ने रसी गाउँमा एकै पटक आठ प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिकाले संयुक्त रुपमा दुर्गम गाउँ रसीका जनतालाई आठ प्रकारका स्वास्थ्य दिएकाछन् ।

गर्भवती महिलालाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा,निशुल्क स्वास्थ्य परिक्षण,पाठेघरको क्यान्सरको जाँच,खकार परिक्षण, गर्भनिरोध सेवा लगायतका सेवा दिइएको छ । त्यतिमात्र नभई गाउँका सत्तरी बर्ष उमेर पुरा भएका बाह्र जना ज्येष्ठ नागरिकलाई टेक्ने लठ्ठी,न्यानो टोपी,साबुन,ब्रस,नङ्कट लगायतका सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्याव बहादुर रोकाय,नगरप्रमुख जनचन्द्र रोकाय,नगर उप–प्रमुख देबी घर्ती सहित सरोकारवालाको उपस्थिति रहेकाे थियाे। नगर प्रमुख राेकायाले नगरपालिकाले भाइरल संक्रमण भएकाे थापा पाउने वित्तिकै नगरबाट स्वास्थ्यकर्मीकाे टाेलि खटाएर उपचार गरेकाे जानकारी दिनुभयाे। नगरवासीकाे स्वास्थ्यलाइ पहिलाे प्राथमिकता राखेकाे बताउँदैँ नगरकाे समन्वयमा वृहत स्वास्थ्य शिविरले थप स्थानीयमा टेवा पुग्ने विश्वास प्रमुख राेकायाकाे छ।

बुडेसकालको सहाराको रुपमा रहेको लौरो,न्यानो टोपी लगायतका सामान पाएपछि ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा कार्यालयलाई धन्यवाद समेत दिएकाछन् ।
बुधवार भएको आठ प्रकारका स्वास्थ्य सेवाबाट कुल दुई सय ८३ जना सर्वसाधारण लाभान्वित भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख रत्नबीर सुनारले जानकारी दिए ।
जसमध्ये महिला दुई सय जना र पुरुष ८३ जनाले सेवा लिएको उनले बताए ।
गर्भवतीको भिडियो एक्सरे सेवा १२ जना,पाठेघरको मुखको क्यान्सरको जाँच ३३ जना,पाठेघर खसेको जाँच ३३ जनाले लिए । त्यसैगरि खकारको नमुना संकलन २५ जनाको,इम्प्लान्ट ८ जनाको र कपर्टी फलोअप तीन जनाको गरिएको छ । यससँगै गत साउनमा अन्धविश्वासका कारण आमा र बच्चाको मृत्यु भएपछि देउरुपा बुढाको घरपरिवारलाई यातायात खर्च स्वरुप नगत बीस हजार समेत स्वास्थ्य सेवा कार्यालयले प्रदान गरेको छ ।

कार्यक्रममा महिला शसक्तिकरण केन्द्र डोल्पाले वाल बिवाह,अन्धविश्वास,सरसफाई लगायतका जनचेतनामुलक अन्तक्रिया समेत गरेको थियो । गाउँमा रहेको बलभद्र आधारभुत विद्यालयका बालबालिकाले वाल बिवाह सम्बन्धि सचेतनामुलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img