spot_img

सोती घटनाका पीडितहरू भन्छन् ः बल्ल न्याय पायौं

spot_img

रुकुम पश्चिम — बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर निहु¥याएर ढोग ग¥यो ।

साढे तीन वर्षअघि जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र २ जनालाई जातीय छुवाछूत कसुरमा २ वर्ष कैद सजाय सुनाइएपछि पीडितका आफन्तले अदालतको फैसलाको सम्मान गर्दै बुधबार दिउँसो खुसी व्यक्त गरेका हुन् । उनीहरूले घटनाको लामो समयपछि बुधबार रुकुम पश्चिम जिल्ला अदालतले गरेको फैसलाले न्याय पाएको अनुभूति गरेको भन्दै अदालत र सम्बद्ध सबैमा धन्यवाद दिँदै खलंगा बजारमा ¥याली निकालेका हुन् ।

‘न्याय पाए आमाले, शान्ति पाए आत्माले, भाइ बगाउने भेरीहरू, नबगाउनु फेरि अरु, छैन अब भन्ने वात, अदालतलाई धन्यवाद’ जस्ता नाराहरू लगाउँदै पीडितका आफन्त र सरोकारवालाले बजार फन्को मारेर कालिका मन्दिर परिसरमा आएर कोणसभा गरेका थिए । गलामा माला, मुहारमा मुस्कान अनि हातमा प्ले कार्ड बोकेका पीडितका आफन्तले झण्डै आशा नै मरिसकेका बेला न्याय पाएकामा खुसी व्यक्त गरे । मृतक नवराजका बुवा मुनलाल नेपालीले भने, ‘हामीले ढिलै भए पनि न्याय पाएको अनुभूति भएको छ । हाम्रा छोराहरूको आत्माले शान्ति पाओस् । हामीलाई न्याय दिलाउन सबैको सहयोग रह्यो । सबैप्रति आभारी छौं ।’

मृतक गोविन्द शाहीकी आमा भिमी कुमारी बुढाथोकी शाहीले मुद्दाको फैसला आउने थाहा पाएपछि आफूहरू २४ सैं घण्टा अदालतको गेटमा बसेको बताइन् । ‘हामी भोकभोकै अदालतको गेटमा बस्यौं । सुरुमा त हामीलाई न्याय पाउँदैनौं कि भन्ने डर थियो,’ उनले भनिन्, ‘अदालतले हाम्रा लागि न्याय दियो । अब हाम्रो जिउमा घाम लाछ ।’

त्यस्तै यही विषयमा मृतक लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले पनि छोरा गुमाएपछि राम्रोसँग खानबस्न नसकेको दुःखेसो गर्दै अदालतको फैसलापछि निद्रा लाग्ने आशा व्यक्त गरिन् । ‘साढे तीन वर्षदेखि हामी रातदिन रोएका रोयै थियौं । हाम्रा छोराको आत्माले न्याय पाउँदैन कि भनेर डर थियो,’ उनले भनिन्, ‘अब त हाम्रा छोराको आत्माले पनि शान्ति पाउने भयो । हामी पनि अब त्यो पीडा भुलेर अघि बढ्न सक्छौं झै लाग्न थाल्यो ।’

गत २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी एक किशोरीलाई भेट्न पुगेका उनका प्रेमी नवराज विकसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसपछि नवराजसहित ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।

घटनामा संलग्न भएका ३४ जनालाई अभियोग लगाइए पनि मंगलबार रुकुम पश्चिम जिल्ला अदालतले फैसला सुनाउँदै २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र जातीय छुवाछूततर्फ थप २ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना तोकेको हो । अन्य २ जनालाई जातीय छुवाछुततर्फ २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ । बाँकी ८ जनाले भने सफाइ पाएका छन् ।

जिल्ला अदालतको यो फैसलापछि सिंगो मानव जातिकै कलंकका रूपमा घटित यो घटनाका पीडितले मात्रै नभएर सिंगो देशले न्याय पाएको धारणा दलित अधिकारकर्मी खगेन्द्र सुनारले व्यक्त गरे । ‘भाइहरूले न्याय त पाए नै, सँगै भोलिका दिनमा यस प्रकारका जघन्य अपराधमा समेत कमी आउन सक्ने आशा पलाएको छ,’ उनले भने ।

कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img