spot_img

आरती साह हत्या प्रकरणः को परिवार भन्छ संघर्ष जारी छ,पीडितलाइ यातना दिने प्रहरीलाइ कारवाहि माग

spot_img

काठमाडौँ,हत्या भएको भनिएकी आरती साहका परिवारले सङ्घर्षका कार्यक्रम यथावत् रहेको बताएको छ । शनिवार एक विज्ञप्ति जारी साहको परिवारले सङ्घर्षको कार्यक्रम सुरु गरिएको १७७ दिन भइसक्दा पनि सरकारले कुनै चासो र गम्भीरता नदेखाएको प्रति दुःख व्यक्त गर्दै सङ्घर्षका कार्यक्रम यथावत् रहेको जानकारी दिएको हो ।

साहको मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतको गत बुधवारको आदेशलाई भने सो परिवारले आंशिक र क्षणिक सफलताको रूपमा लिएको बताएको छ । विज्ञप्तिमा आफ्ना मुख्य मागहरूको सम्बोधन अझ बाँकी नै रहेको स्पष्ट पार्दै मुद्दाको अनुसन्धान बिगार्ने र पीडितमाथि कुटपिट र यातना दिने प्रहरीका अफिसरलाई कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘ हाम्रा मुख्य मागहरूको सम्बोधन अझ बाँकी नै रहेको कुरा स्पष्ट पार्न चाहन्छौ । तपाईँ हामी थाहै छ कि हाम्रा मुद्धाहरु भनेको मुद्दाको अनुसन्धान बिगार्ने र हामी पीडितमाथि कुटपिट र यातना दिने नेपाल प्रहरीका अफिसरहरूलाई कारबाहीको माग तथा घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समितिको गठन रहेको छ ।’

सर्वोच्च अदालतले बुधवार साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरिदिएको हो ।

जेठ ७ गतेयता साहको परिवार काठमाडौँमा न्यायको माग गर्दै धर्ना दिँदै आएको छ । जेठ ७ गते आरती साहको मृत्यु भएको थियो । आरती साह आफ्नो घर (श्रीमानको घर)मा बेहोस फेला परेपछि जनकपुरस्थित काब्य अस्पतालमा ल्याइएको थियो तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img