नेपालका तीव्र गतिका बलर हेमन्त धामीले एसिसी यू१९ एसिया कपमा अफगानस्तानविरुद्ध लगातार दुई विकेट लिएका छन् । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।
हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए ।
त्यसअघि गुलशन झाको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।