spot_img

परस्त्रीसँग होटलबाट पक्राउ परेका एमालेबाट निर्वाचित वडा अध्यक्ष छुटे,महिलालाई श्रीमानले बुझेर लगे

spot_img

सुनसरी,परस्त्रीसँग होटलमा रङ्गेहात पक्राउ परेका सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव गौतम बिना जमानत रिहा भएका छन्। वडा अध्यक्ष गौतम र महिलालाई आइतबार दुवै परिवारको रोहबरमा बिना जमानत छाडिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बिएल नेपाली सेवालाई बताए।

वडा अध्यक्ष गौतम शनिबार परस्त्रीसँग धरान उपमहानगरपालिका– १२ स्थित शुभकामना होटलबाट रङ्गेहात पक्राउ परेका थिए। वडा अध्यक्षसँग होटलमा छिरेकी महिलाका श्रीमानले दिएको सूचनाको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको थियो।

होटलमा छिरेका उनीहरुलाई महिलाको श्रीमानको आग्रहमा प्रहरीले एकरात छिसो खोरमा थुनेको थियो। तर, वडा अध्यक्षको परिवार र महिलाको परिवारबीच मिलापत्र भएपछि उनीहरुलाई आइतबार छाडिएको छ।

वडा अध्यक्षलाई प्रहरीले श्रीमतीको जिम्मा लगाएको छ। भने, महिलालाई पनि माइतीको रोहबरमा श्रीमानले लिएर गएका छन्। वडा अध्यक्ष गौतम एमालेबाट निर्वाचित भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img