काठमाडाैँ,सरकारले बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो। मन्त्रिपरिषदले पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा गरेको छ। पाल अपराध अनुसन्धान विभागमा कार्यरत् थिए।
एक मन्त्रीका अनुसार बढुवा भएका पोखरेललाई अपराध अनुसन्धान विभाग र पाललाई पोखरेलको ठाउँमा सरुवा गरिएको हो। रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी कायम रहँदै आएकोमा अब एआइजी राख्ने निर्णय सरकारले गरेको हो।