लामाटार,ललितपुर
महालक्ष्मी नगरपालिका वडा नं.९ ले नागरिक आराेग्य सेवा केन्द्र मार्फत जेष्ठ नागरिकलाइ घरदैलाे मै स्वास्थ्य सेवा दिने अभियानकाे शुरूवात गरेकाे छ।
जेष्ठ नागरिकहरुलाई घरदैलाे मै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अभियानकाे शुरूवात गरिउकाे वडा अध्यक्ष जयकृष्ण बाेगटीले जानकारी दिए।महालक्ष्मी नगरपालिका ९ नं.वडा समिती सहित नागरिक आराेग्य सेवा केन्द्र,लामाटारका प्राविधिक स्वास्थ्यकर्मीकाे टाेलि वडावासीकाे घरदैलाेमा मै गएर स्वास्थ्य परिक्षण आवस्यक आयूर्वेदिक ओैषधी समेत वितरण गरिएकाे गरिएकाे थियाे। अभियानले निरन्तरता पाउने बताइएकाे छ।


















