spot_img

हाकिमलाइ हाजिर गराउने नगराउने विषयमा बाराको सिम्रौनगढमा झडप प्रहरीकाे गोली लागेर १ जनाको मृत्यु,दर्जन बढि प्रहरी पनि घाइते

spot_img

काठमाडौं,बाराको सिम्रौनगढमा गोली चल्दा एक जनाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिकामा आन्दोलनमा रहेका शिक्षक कर्मचारीले नगरप्रमुख चड्ने गाडी तोडफोड गर्दै जलाउने प्रयास गरेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । बुधबार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढ़ेर कार्यलय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए ।

ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । गोली प्रहारबाट थप केहि घाइते भएका छन् । घटनाकबो थप विवरण आउन बाँकी रहेको छ ।

नगरपालिकामा विगत ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img