spot_img

शुक्रबारको मौसम पूर्वानुमानः बर्षा र हिमपातकाे सम्भावना

spot_img

काठमाडाैँ,मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ  महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

भने, हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आज देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img