spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाण धरौटीमा छुट्दै

spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण सात महिनापछि धरौटीमा छुट्ने भएका छन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई धरौटीमा छुट्ने आदेश दिएको हो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार खाणलाई शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी ३० लाख धेरौटीमा छाड्न आदेश दिइएको हो।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनको सुनुवाइ आजका लागि सारिएको थियो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाण गत २७ वैशाखमा पक्राउ परेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img